दुई लाखको मन्दिर २ महिना पनि टिकेन

Yugnepal     1081 पटक पढिएको    

दुई लाखको  मन्दिर  २ महिना  पनि टिकेन

प्रदिप मलासी-   बझाङ्ग  बझाङ्गको छबिसपाथीभेरा गाउपालिका ३ भट्ट गाउँमा निर्माण सम्पन्न भएको २ महिना नपुग्दै  लाङ्गा देवताको मन्दिर भत्किएको छ ।  वडापालिकाको बजेटबाट २ लाखको लागतमा निर्माण भएको मन्दिर सामान्य पानी पर्दा भत्किएको  स्थानीयले  बताएका छन । 
 उपभोक्ता समिति मार्फत निमार्ण भएको योजना कमसल सामाग्रीको प्रयोग र स्टेमेट बाहिर गएर कमजोर संरचनालाइ गाउपालिकाको अनुगमन टोलीले अनुगमन गरेर प्रतिबेदन दिए र योजना  फरफारक समेत गरि सकेको स्थानीयले बताएका छन् ।    गाउपालिका उपाध्यक्ष राधिका रताला जोशीको संयोजकत्वमा रहेको अनुगमन टोली निर्माण अबधिको दुइ महिना नबिदै भत्केको मन्दिरको  अनुगमन भने कसरी गरिएको रहेछ र कुन हिसाबले  भुक्तानी गरे छन यो बिषयमा भने  स्थानीयमा निकै चासोको बिषय बन्न पुगेको छ । रकम कुम्ल्याउने टालटुल शैलीमा काम गर्दा मन्दिर भत्किएको  हो । यसमा पुरै बजेट दुरुपयोग भएको देखिएको छ ।   वडाध्यक्ष केशवराज जोशीका अनुसार आफुले स्थलगत निरिक्षण  नगरेको निरिक्षण पछि मात्र के कसरी भत्किएको हो भन्ने कुरा जानकारी नभएको उनले बताए ।



बुधबार २४, असार २०७७ ०५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.