बझाङको पहिरोमा हराएका पाँच जनाको शव भेटियो

Yugnepal     704 पटक पढिएको    

बझाङको पहिरोमा हराएका पाँच जनाको शव भेटियो

बझाङ । बझाङको केदारस्यू गाउँपालिका–८ मेल्लेसमा गएको पहिरामा हराएका सात जनामध्ये पाँच जनाको शव भेटिएको छ ।

स्थानीय नरेश जेठाराका अनुसार एउटै घरका तीन जना सहित पाँच जनाको शव पहिरोबाट निकालिएको छ ।

पहिरोमा ४४ वर्षीया रमादेवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीया छोरी अस्मिता जेठाराको शव भेटिएको हो ।

यस्तै गरेर ८० वर्षीय दले जेठारा र नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तुकुमारी जेठाराको शव पनि भेटिएको छ ।

वेपत्ता भएका सोही गाउँका प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र १५ वर्षीया शान्ति जेठाराको अवस्था अझै अज्ञात छ ।

शुक्रबार राति एक बजेतिर एकाएक गाउँको विचमा बग्ने खोलामा पहिरो आएको बताइएको छ ।

प्रहरी टोलीसंग सम्पर्क हुन नसकेकोले विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।

उद्धारका लागि गएको सेनाको गाडी पनि पहिरोमा फसेको छ । पहिरोमा गाडी फस्दा सेनाका तीन जना सैनिक जवान घाइते भएको बताइन्छ ।



शनिबार २०, असार २०७७ ०४:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.