सुदूरपश्चिम प्रदेशका थप दुई जिल्लामा सलह किरा भेटिए

Yugnepal     1042 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका थप दुई जिल्लामा सलह किरा भेटिए

 


धनगढी । सुदूरपश्चिम प्रदेशका थप दुई जिल्लामा सलह किरा भेटिएका छन् । प्रदेशको बाजुरा र डडेल्धुरामा सलह किरा भेटिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहात रहेको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले मंगलबार डडेल्धुराको परशुराम नगरपालिका र बाजुरामा पनि सलह किरा भेटिएको जानकारी आएको बताए । उनले भने– ‘तर, अहिलेसम्म झुण्डमा आएको पाइएको छैन ।’

डडेल्धुराको भित्र मधेशमा पर्ने परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा सलह किरा देखिएको परशुराम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले बताए ।

किसानहरूले दुई हजारको हाराहारीमा अनौठो फट्याङग्रा आएको खबर दिएपछि स्थलगत अनुगमनमा जाँदा आफुले थोरै दुई÷तीन सयको मात्रामा सलह देखेको बोहराले बताए ।

‘किसानले खबर गरेपछि हामी अनुगमनमा गएका थियौं । सोही क्रममा धान र मकैको खेतमा करिब दुई÷तीन सयको हाराहारीमा सलह किरा थिए’ उनले भने– ‘थौरे मात्रामा भएकाले कुनै ठुलो बथानबाट ती किरा छुट्टिएर आएको हुनसक्ने कृषि शाखाले अनुमान गरको छ ।’

सोमबार कैलालीको तीन स्थानीय तहमा सलह किरा देखिएपछि कृषि प्राविधिको टोलीले निरीक्षण गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत जनक बोहराको नेतृत्वमा टोली खटाएको थियो ।

कृषि प्रसार अधिकृत बोहराले भने– लम्कीमा एक सयरडेढ सयको समुहमा सलह किरा देखिए पनि अन्यमा भने २०र२५ जति देखिएका छन् । उनले सलह किराको झुण्डमा भने नदेखिएको बताए । टोलीले कैलालीको लम्कीचुहा, घोडाघोडी, भजनी नगरपालिका, जोशीपुर र वर्दगोरिया गाउँपालिकामा निरिक्षण गरेको थियो ।

उनले भने– झुण्डमा नभएकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन । सलह किरा तितरवितर भएर फैलिइरहेको जस्तो देखिन्छ । उनले यसबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न भने स्थानीय तह र कृषकहरू सर्तक रहनुपर्ने बताए ।

प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीका विभिन्न स्थानमा सलह कीरा देखिएको गुनासो आएपछि प्राविधिकको टोली पठाएको बताए । उनले सलह कीरा ठूलो झुण्डमा भने नरहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको छ ।

कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले चार वटा स्थानीय तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको छ ।



बुधबार १७, असार २०७७ ०२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.