कहिले आउला कोरोनाको भ्याक्सिन विश्वभर १४८ टिम सक्रिय, बेलायत अगाडि

Yugnepal     925 पटक पढिएको    

कहिले आउला कोरोनाको भ्याक्सिन विश्वभर १४८ टिम सक्रिय, बेलायत अगाडि

रुसको सेन्ट पिटर्सबर्गस्थित बायोक्याड बायोटेक्नोलोजी कम्पनी कोरोना भ्याक्सिनमा काम गर्दै ।

काठमाडौं । विश्वका २१५ देश तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ४ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

५ लाख ७ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ । गत डिसेम्बरको अन्त्यदेखि देखिएको यो भाइरसको उपचार अहिलेसम्म बनिसकेको छैन । भ्याक्सिन बनेकै छैन । कहिलेसम्म भ्याक्सिन बन्ला भन्ने यकिन नै छैन ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार १४८ विभिन्न टिमले कोरोना भाइरसको भ्याक्सिन निकाल्नका लागि काम गरिरहेका छन् । तर अझै सफलता हासिल भइरहेको छैन । 

१४८ मध्ये १३१ भ्याक्सिन प्रि–क्लिनिकल प्रक्रियामा रहेका छन् भने बाँकी १७ भ्याक्सिन क्लिनिकल ट्रायल फेजमा रहेका छन् । 

कुनै बिरामीको भ्याक्सिन बन्नका लागि १५ वर्षसम्म पनि लागेका उदाहरण छन् । तर जुन गतिले काम भइरहेको छ यसपटक कोरोनाको छिट्टै भ्याक्सिन निस्कन पनि सक्छ । 

यही गतिमा अगाडि बढ्दै जाँदा अबको एक वर्षभित्र भ्याक्सिन आउन सक्ने डब्लुएचओका प्रमुख टेड्रोस गेब्रेसियसले बताएका छन् । 

सबैभन्दा तीव्र गतिमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र त्यहाँको कम्पनी एस्ट्राजेनेका अगाडि बढेको छ । यो तेस्रो फेजमा पुगेको दावीसमेत गरिएको छ । यसको वैज्ञानिक नाम एजेडडीवनटुटुटु रहेको छ । 

भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले कयौं कम्पनीसंग हातसमेत मिलाइसकेको छ । यसमा भारतको सिरम इस्टिच्यूट अफ इन्डिया पनि रहेको छ । 

चीनको क्यानसिनो बायलोजिक्सले बनाइरहेको ‘एजेडफाइभएनकोभ’ भ्याक्सिन दोस्रो  फेजमा पुगेको बताइएको छ । 

त्यस्तै अमेरिकाको मोडर्ना र एनआइएआइडीले बनाइरहेको ‘एमआरएनए–वनटुसभेनथ्री’ भ्याक्सिन दोस्रो चरणमा पुगेको बताइएको छ । 



मङ्गलबार १६, असार २०७७ ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.