नेतृ डा आरजु राणा देउवाको पहलमा कैलालीका २१ वटा क्वारेन्टाईनमा  स्वास्थ्य सामाग्री बितरण

Yugnepal     1838 पटक पढिएको    

नेतृ डा आरजु राणा देउवाको पहलमा कैलालीका २१ वटा क्वारेन्टाईनमा  स्वास्थ्य सामाग्री बितरण

 

 नेपाली काँग्रेसकी नेतृ डा।आरजु राणा देउवाको पहलमा कैलालीका २१ वडामा रहेका क्वारेन्टाईनमा खानेपानी फिल्टर र स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक की संस्थापक अध्यक्ष समेत रहेकी डा।राणाले कोविड १९ कोरोनाको जोखिम नियन्त्रण गर्न बनाईएका धनगढी उपमहानरपालिका र कैलारी गाउपालिकाका केही वडाका क्वारेन्टाईनमा खानेपानी फिल्टर र स्वास्थ्य सामग्री बितरण गरेको हो ।

सरकारले कोविड १९का कारण देश तथा विदेशका विभिन्न ठाउँबाट फर्केका नागरिकहरु क्वारेनटिनमा अर्निवाय रुपमा बस्ने नियम बनाएपछि त्यहा व्यबस्थीत गर्न रुडुकले उक्त अभियान चलाएको ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले जानकारी दिईन् । कोविड १९को महमारिको कारणले स्थापना गरिएका क्वारेन्टिनमा रहेकालाई शुद्ध पिउने पानीको सहजताको लागि सिल्भर फिल्टर तथा स्वास्थ्य तथा सरसफाई सामग्री बितरण गरिसकेको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिईन् । धनगढी उपमहानगरपालिकाका सबै वडा र कैलारी गाउपालिकाका दुई बडाका क्वारेन्टाईनमा रहेकाहरुलाई दिएको स्वास्थ्य सामग्रीहरुमा गम्छा, ब्रस, मञ्जन, नुहाउने साबुन, लुगाधुने साबुन, स्याम्पू, मास्क, मच्छर धुप र सेनेटरी प्याड प्रदान गरिएको हो ।

खानेपानी फिल्टर २४ थान र ५१७ जनालाई स्वास्थ्य सामग्री बितरण गरिएको रुडुक कैलालीकी महासचिव सुनिता रानाले जानकारी दिईन् । सबै सामग्री ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुककी संस्थापक अध्यक्ष समेत रहेकी डा।राणा, रुडुककी केन्द्रीय अध्यक्ष सजनी आमात्य, नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबिर सिंह देउवाको पहलमा उपलब्ध गराइएको बताइन ।



शुक्रबार १२, असार २०७७ ०१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.