प्रतिपक्षीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरोध

Yugnepal     902 पटक पढिएको    

प्रतिपक्षीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरोध

 


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले वुधवार भएको प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाको वैठक अवरुद्ध पारेका छन् ।

बैठकमा दबाव दिनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले बैठक अबरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले जानकारी दिए ।

सरकारले कोरोना नियन्त्रण तथा पिसिआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको भन्दै सरकारलाई दबाव दिन वैठक अवरुद्ध गरिएको प्रवक्ता पन्तले बताए ।

पिसिआर जाँच विना घर पठाईदा समुदायमा जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलको नेता रणवहादु रावलले बताए ।

उनले २०७५ सालदेखिको बजेटमा एकलौटी रुपमा आएको र त्यसमा समानुपातिक बजेट नआएकोले यो नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले बैठक अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। 



बुधबार १०, असार २०७७ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.