नेपालको  समृद्धि  मनको चौतारी

युग संवाददाता     635 पटक पढिएको    

नेपालको  समृद्धि  मनको चौतारी

 

नेपाली इतिहासमा दशकौं वर्ष लामो संघर्ष पछि नयाँ संविधान संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संघात्मक राज्य व्यवस्था स्थापित भएको छ । यो व्यवस्था ल्याउनको लागी तमानौ नेपाली जनताको व्यक्तिगत र परिवारिक जीवन भताभुंग भएको छ ।

राजतन्त्र , सामन्तवाद र निरंकुश एकात्मक राज्य शासनव्यवस्थालाई प्रतिस्थापन गरि स्वतन्त्रता संघीयता र सामनतामा स्पष्ट आधारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल् को शासन प्रणाली प्राप्त गर्न विगत सात दशक देखी
अहिलेसम्मका प्रजातान्त्रिक आन्दोलन , जनयुद्ध , लोकतान्त्रिक आन्दोलन , मधेसी ,आदिवासी जनजाति थारु , खस आर्य , महिला ,दलित अल्पसंख्यक लगायतका सबै आन्दोलनमा नेपाली जनताले सात दशक सम्म गरेको त्याग र बलिदानपुर्ण लामो समय संघर्ष स्वणिम अक्षर लेखिरहनेछ्न ।
लेखिएका पनि छ्न ।

माथीका उल्लेखित उपलब्धिहरु सजिलैसँग लेखिएका अर्थहीन शव्द होइन । नेपाली जनताको रगत ,पसिना र आशुले संन्चित भावनाका तप्काहरु हुन । यस अर्थमा नेपालको संविधान ९ २०७२० र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो लागी अथवा नेपाली जनताको लागी अति महत्त्वपूर्ण उपलब्धि हो । नेपालको इतिहासमा चार हजार वर्ष यता नेपाल राज्य अस्तित्व रहेको पाइन्छ । यो देशमा कहिले गोपालवंशी कहिले महिषपालवंशी , कहिले किराँतवंशी , कहिले लिच्छवि कालवंशी र कहिले मल्ल बादसाह संगै विभिन्न अप्ठ्यारा उतारचढाव झेल्दै २२औं र२४औं राज्यमिलेर नेपाल राज्यको निर्माण भएको इतिहास छ ।

इतिहासमा ती स साना राज्यहरु कहिले एकीकृत हुन्थ्ये त कहिले विभिन्न राज्यमा विभाजन हुन्थ्ये । अठारौं शताब्दी को सेरोफेरोमा आइपुग्दा सम्म ती राज्य ५६ राज्यमा बिभाजन भएका थिए । अहिलेको एकीकृत नेपालीको निर्माण अठारौं शताब्दीको मध्यतिर राजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए । समय क्रम संगै रण बहादुर शाह श्री ५ भएको समयमा चन्द्रशेखर उपाध्यायले सहिछाप ठोकी गजराज मिश्रद्वारा विवशतापुर्व हस्ताक्षर गरेर सन १८१६ मार्च ०४ देखि सुगौली संन्धी लागु भएर तत्कालीन काली नदिको पुर्व भुभाग वर्तमान अखंण्ड नेपालको भूमि अंकित भएको थियोे । यसरी भौगोलिक एकीकरण को सत्तरी अस्सि वर्षको समय अवधि लाई अखंण्ड नेपाल र आधुनिक नेपाल निर्माण को प्रथम चरण पनि मान्नसकिन्छ । यो अवधिमै नेपाली राजनीतिमा अत्यन्त रक्तपातपुर्ण दुस्खद हिंसात्मक क्रूर यूद्वको समय पनि थियोे । यसैको जगमा नेपालमा सामन्ती राजतन्त्र र निरंकुश एकात्मक राज्यको निर्माण भएको थियो ।
निरंकुश राज्य व्यवस्था को भुणबाट नेपालमा उनिसौं शताब्दी शुरुतिर नेपालमा राणाहरुको उदय भयो । जसको उत्तरार्द्वमा लखन थापा लगाएत यूवाहरु सहिद भए र सोही विद्रोहको जगमा दरवारमा कोतपर्व जस्तो काहाली लाग्दो इतिहासकै दर्द्नाक घटनाको अविस्कार भयो। यो लोकतान्त्रिक आन्दोलन को निकै मह्त्वपुर्ण घटना थियोे । किन कि यसै घटनापछि नेपाल मा वि। स। १९९७ मा नेपालमा प्रजा परिषद नामको राजनीतिक फोरमले जन्म लियो ।

प्रजा परिषदको लोकतान्त्रिक एतिहाशिक योगदान आज नेपाली जनताले कदापि विर्सन सक्दैन ।फलस्वरूप हाम्रा चार जना ज्ञात र हजारौं अज्ञात सहिदको गरिमामय बलिदानी लाई आज हामी सलाम गर्छौं ।

त्यसको जगमा टेकेर वि।स।२००३ को सेरोफेरोमा नेता वि। पि। कोइराला लगाएतका नेताले नेपाली राष्ट्रिय कांग्रेसको गठन गरे र प्रजातान्त्रिक समाजवादको सिद्धांत अगाडि सारे तत्कालीन अवस्थामै नेपाली जनतालाई विकास र समृद्धिको सपना देखाए र लोकतान्त्रिक आन्दोलन जारी राखे ।२००६ सालको सेरोफेरोमा पुष्प लाल ,केशरजंग रायमाझी नर ब। कर्मचार्य र निर्मल लामा लगाएत नेताले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेर ।
सामन्ती शाही राज्यसत्ता विरुद्ध नेपाली सर्वहारा जनतालाई गोलबन्द गरेर नेपाली लोकतान्त्रिक आन्दोलन लाई थप एक फन्को घुमाउने काम गरे । फलस्वरूप २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो ।

तेतिबेला पनि नेपाली जनतलाइ विकास समृद्धिको नारा दिइयो नेपाली राजनीतिमा कांग्रेसको वर्चस्व देखियो । कम्युनिस्ट पार्टी लाई संगठन बानाउने सम्ममा चुनौतीपूर्ण यात्रा गर्नु पर्यो । वि।पि ले प्रजातान्त्रिक समाजवाद को नरा दिए । हरेक नेपालि को घरमा दुहुनो गाइ एक हल गोरु एक मुरी उब्जाउने खेत होस सबै नेपाली सुखी हुन भन्ने समय सान्दर्भिक नारा दियो । र वि।स। २०१५ सालको आम निर्वाचन भयो जसमा तत्कालीन कांग्रेसले दुई तिहाइ बहुमत ल्याउन सफल भयो ।लगभग लोकतान्त्रिक आन्दोलनको कष्टकर संघर्षबाट आएको पार्टीले दुई तिहाइ मत लिएर सरकार बनाउने स्वोणिम अवसर प्राप्त भयो । नभन्दै वि।स। २०१७ साल पुष १ गते राजा महेन्द्र ले पंचायतकाल लागु गरे अथवा कांग्रेसको दुई तिहाइ सरकारले जनताले ल्याएको प्रजातान्त्रिक साचो दरबारमा बुझाइ दियो । त्यही जगमा नेपाल ३० वर्षीय राजशाही पंचायतकाल शुरु भयो ।

पछि लगातार राजनीतिक अधिकारको लडाइँमा नेपाली जनताले स्वतस्फूर्त भाग लिए कहिले पंचायतको तथाकथित चुनाव मार्फत त कहिले जनमतसंग्रह कहिले बहुदलीय प्रजातन्त्र त कहिले बिजय र मृत्यु रोज्ने आन्दोलन र जनयुद्ध सबै जन आन्दोलन र जनयुद्धमा जनताको सहभागिता उल्लेख्य मात्रामा रहेको छ । र हासेर मृत्यु रोजेको छ ।हजारौं सहिद भएका छन । लाखौं घाइते ,अपांग , र घरबार बिहन भएका छन ।के का लागी भन्दा समृद्ध नेपाल निर्माणको लागी , आधुनिक नेपाल निर्माणका लागी हिमाल पाहाड तराई मधेसको विशिष्टता सम्बोधन गर्नका राष्ट्रिय एकता दिगो बनाउनको लागि ,समाजिक न्याय सुनिश्चित गर्नका लागि ,मधेसी थारु आदिवासी ,जनजाति ,खस रआर्य महिला मुस्लिम ,दलित र अल्पसंख्यक समुदायको समान स्वामित्व स्थापित गर्नको लागि स्वाधीन ,समृद्ध, समावेशी समानुपातिक सहभागितामुलक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना लागि र समुन्नत समाजवादको लागि सुशासन सदाचारको लागि र सर्वभौम नेपाल निर्माणका लागि ।

नेपालको संविधान २०७२ ले कल्पना गरेको पनि माथी उल्लेखित सबै सिद्धान्त र सहिदका सपना लाई लिपिबद्व गरेको पनि छ । तर हाम्रा वीर सहिदको सपना रगत र पसिनाको कदर हुने तथा संविधानले प्रदान गरेको अधिकार जनतमा सुनिश्चित हुने लक्षण ब्यबहारिक रूपमा देखिदै छन त रु गम्भीर प्रश्न छ । सबै नेपाली जनताले सोच्ने समय आएको छ ।साच्चै समृद्धिको चौतारो मा बसेर उच्च स्वरमा भाषण गरेर विकास र समृद्धि आउला त रुके नेपालमा गणतन्त आउने कुरा बैल गआडा चढेर अमेरिका जानू हो भन्ने हिजोको इतिहास बोकेका नेतृत्वले संघीय गणतन्त्र नेपाल लाई समृद्धितिर लैजान सक्लान् त रु जनयुद्धका सहिद घाइते अपांग लाई अपराधी र आतंकारी देख्ने पार्टी र परिवर्तनको मुख्य बाहक पार्टी जसले नेपाली जनताको अगाडि विजय र मिर्त्युको कशम खाएको छ त्यो पार्टी लाई व्यक्तिगत स्वार्थमा निल्ने काम भएको छ । त्यो पार्टीको एक्टिभिष्ट कार्यकर्ता सहिद परिवार घाइते अपांग परिवारले तत्कालीन एमाले र माओवादीको एकताभित्र उकुसमुकुस भएका छन अहिलेको नेतृत्व स्वइछ्चारी भएको त छैन चारैतिर जनचासो बढेको छ । भन्ने अत्याधिक बहुमतको सरकार बनाउन सफल तर सरकार चलाउन असफल नेतृत्वले तीन वर्षसम्म देशमा समृद्धि र विकास गर्ने समान्य अधार समेत दिनसकेको छैन । जनताको सबैभन्दा नजिकैको स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम डुबेको छ र प्रदेश बाटो बिराएको गोरु जस्तो अलमलमा छ । यस विश्व मानव संकटमा पनि मन्त्री ,सांसदको भत्ता वृद्धि गरेर जनतालाई चुनौती दिने गरि लाजनिती गर्दै छ । अलमलको खेलमा ड्याम्म डुबेको छ । प्रदेश सरकार खर्चको मात्र अभिसाप बनेको छ् ।

समाजमा हत्याहिंसा बलात्कार अनुशासन हिनता दण्डहीनता र कर्मचारीको मनपरि तन्त्र चलेको छ । अहंकार र महंगाइले ढाड सेकेको छ । कोभिड १९ को कारणले लकडाउन भयो सरकार रमिते भयो जनप्रतिनिधि भ्रष्ट भए । गरिब जनता आत्महत्या गर्न विवश भए । शान्ति सुरक्षाको उपहास भएको छ । क्वारेन्टाइन मै महिला दिदिबहिनीहरु सुरक्षित छैनन्

विकास र समृद्धि सहिदको सपना ,जनताको चाहाना र गणतन्त्र नेपाल को आवश्यकता हो । तर विकास समृद्धिको चौतारोमा । बसेर जनतालाई लुटिदै छ भन्ने अनुमान सजिलोसँग गर्न सकिन्छ । नेता मन्त्रीका आसेपासे भाइ बन्धु , पिए सल्लाहकार र चाकरी चाप्लुसी गर्ने गणेश ,अरिगाँल प्रवितिका संपर्णवादी नेताकार्यकर्ताको सम्पत्ति खानपिन र रहनसहनले स्पष्ट बुझ्न सकिन्छ । यस मानव संकटमा पनि कति र कसरी भ्रष्टाचारलाई कमाउने मुख्य आधार बनाएको छ । सचेत यूवा जनता जनार्दनले बुझ्न् अति आवश्यक छ ।

नेपालमा ८०५ कृषिप्रधान देश हो । कृषिमा हरेक व्यक्ति १८ घण्टा काम गर्छ, मिहिनेत ,र श्रम गर्छ । तर यो लकडाउनको बाहाना गरि कमिसनको लोभमा ति किसानले उत्पादन गरेको साग तरकारी बारीमै सडेको छ । यता भारतबाट मात्र एक लाख मेट्रीक टन तरकारी आयात भएको छ ।किसान चुरुम बैंकको व्याजमा डुबेको छ । उसलाई चाडपर्वमा मिठो मसिनो खाने र लगाउने पैसा छैन । बिमारी हुदा राम्रो चिकित्सक संग उपचार गर्ने हैसियत छैन । छोराछोरी लाई सरकारी स्कुलमा पठाउने झोला र पोशाक हुदैन । तर हाम्रो देशमा नेता मन्त्री र उच्च पद्ष्त व्यक्तिको सम्पत्ति हेर्दा छोराछोरी स्कुल र कलेज हेर्दा सुविधा सम्पन्न सहरमा छन । शक्तिशाली राष्ट्र भन्दा कम छैनन् । विमारी हुदा अथवा टाउको दुख्न बित्तिकै संसारकै महंगो अस्पतालमा जान्छन् काहबाट आयो रु त्यो रकम को हुदैछ समृद्धि रु कसरी हुँदै छ यो सब रु

संसारका समृद्धशाली मुलकमा जनताले आफ्नो नेताको सम्पत्तिको विवरण बारेमा हेरेर बुझेर समर्थन गर्छन् । तर हामी समाजसेवाको नममा अर्थिक दोहन र जनताकै शोषण गर्छौ । त्यही नेताकार्यकर्ताको पछि लागेर पार्टीको झण्डा मुनि भ्रष्टाचारीको भक्त बनेका हुन्छौं ।

कहिलेकाही हाम्रो देशका यूवाहरु राजनीतिक नेताको योग्यताको विषय प्रश्न उठाउने गर्छन् । तर सम्पत्ति र व्यवसायको विवरणको विषय प्रश्न उठाएको सुन्निदैन । यो आवश्यक छ । यदि हामी साच्चै समृद्ध नेपाल सुखी नेपाली र विकसित राष्ट्र बनाउन चाहना राख्छौं र हेर्न चान्छौ भन्ने जनस्तिर बाटै बुझ्न् र बुझाउन आवश्यक देखिन्छ ।

समृद्धि नेपाल निर्माणका लागी अध्यनसिल योजनाकार दुरुस्त नेतृत्व र पंन्चशिलका सिद्धांत ,जननिर्वाचित कार्यकारी राष्ट्रपति पुर्ण समानुपातिक सहभागितामुलक संसद समुन्नत समाजवादमा आधारित लोकतन्त्र , स्वाधीन सर्वभौम राष्ट्रिय निति ,सुशासन, सदाचारमा विश्वास गर्ने कर्मचारी तन्त्र , , चेतनशील जनता ,अध्यनसिल यूवा बलियो नागरिक समाज स्वतन्त्र प्रेस जगत र जनभावना विपरीत र पार्टीको घोषणा पत्र विपरीत कार्य गर्ने जनप्रतिनिधि लाई फिर्ता बोलाउन सक्ने निर्वाचन प्रणाली र बहिष्कार गर्न सक्ने जनता नभए सम्म समृद्ध नेपाल र स्वाधीन राष्ट्र असम्भव देखिन्छ ।।
लेखक (स् मिनराज बडु केन्द्रिय सदस्य
जनता समाजवादी पार्टी नेपाल



शनिबार ०६, असार २०७७ १०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.