कांग्रेसले सरकारसँग एउटा‑एउटा कुराको हिसाब लिन्छ - थापा

युग संवाददाता     1023 पटक पढिएको    

कांग्रेसले सरकारसँग एउटा‑एउटा कुराको हिसाब लिन्छ - थापा

 

नेपाली कांग्रेसका सांसदका गगनकुमार थापाले सरकारले १० करोडको हिसाब दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘हामीले विगतमा सरकारलाई सुझाव मात्र दियौँ, सभामुख महोदय १ अब हामीलाई सबै कुराको जवाफ चाहिन्छ ।’

देशभर क्वारेन्टिनको अवस्था दयनीय रहेको उनले बताए । ‘अब हामी थपक्क बोलेर बस्दैनौँ,’ सांसद थापाले भने, ‘अब सदनमा कांग्रेसले एउटा‑एउटा कुराको हिसाब लिन्छ, सुतेर बस्दैन ।’

उनले सरकारलाई प्रश्नै प्रश्न गरेका छन् । ‘नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ मात्रै हो रु त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुन्डिएर मरेका चन्द्रबहादुर तामाङ, औषधी खान नपाएर मरेका कंकादेवी बोहोरा र सुत्केरी भएर अस्पताल जान नपाएर मरेकी लालकुमारी रोकायाको जिम्मा कसले लिने रु’ सांसद थापाले सोधे, ‘क्वारेन्टिनमा मृत्यु भएकी सुनिता लोहारको जिम्मा कसले लिन्छ रु झुन्डिएर मर्न बाध्य भएका लीला बल्लभ वा आत्मदाह गर्न बाध्य सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ रु’

सरकारले न नेपाली कांग्रेस न मिडिया न अदालत न त नागरिक कसैलाई नसुन्दा अहिलेको भयावह स्थिति आएको उनले बताए । ‘सरकारले नसुनेकै कारण अहिले कोरोना महामारी नियन्त्रणबाहिर जाँदैछ,’ उनले भने, ‘यसको सबै दोष प्रधानमन्त्रीको हो, सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंताका कारण अहिलेको अवस्था आएको हो ।’



सोमबार ०१, असार २०७७ ०९:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.