कांग्रेसका सभापति शेरवहादुर देउवाले भने- राष्ट्रिय एकता पक्षमा समर्थन छ

युग संवाददाता     1394 पटक पढिएको    

कांग्रेसका सभापति शेरवहादुर देउवाले भने- राष्ट्रिय एकता पक्षमा समर्थन  छ


काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।

लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए । अरु विषयमा आफू नबोल्ने भन्दै छोटो सम्बोधन गरेका देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने प्रष्ट पारे ।



शनिबार ३१, जेठ २०७७ ०३:०६ मा प्रकाशित

#sunilauji

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.