सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

Yugnepal     1111 पटक पढिएको    

सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

धनगढी । सुदूरपश्चिममा चार दिनको शिशुसहित एकै दिन २७ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको छ । बिहीवार धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराकी चार दिनको शिशु सहित २७ जनामा कोरोना संक्रमण देखिएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनको शिशुसहित नौ जना पुरुष र आठ जना महिला तथा त्रिवेणी नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

योसँगै बाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । यसअघि बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
त्यसैगरी कैलालीमा सात, बझाङमा दुई जनामा पनि कोरोना संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ । योसँगै सुदूरपश्चिमका नौ जिल्लामा गरी एक सय ९१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।



बिहिबार २९, जेठ २०७७ ०७:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.