दोधरा–चाँदनीमा सुख्खा बन्दरगाह र औद्योगिक ग्रामको काम अघि बढाइने -मन्त्री भट्ट

Yugnepal     883 पटक पढिएको    

दोधरा–चाँदनीमा सुख्खा बन्दरगाह र औद्योगिक ग्रामको काम अघि बढाइने  -मन्त्री भट्ट

 

धनगढी । उद्योग ,वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले विकास निर्माणका काम तीब्र गतिमा अघि बढ्ने बताएका छन ।

गेटा विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै सरकारले लकडाउन खुकुलो बनाएकोले कोरोनाका कारण रोकिएका विकास निर्माणका कार्य तीब्र गतिमा अघि बढ्ने बताए । कोरोनाका कारण प्रभावित भएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले बताए ।

मन्त्री भट्टले कोरोना परिक्षणका लागि सुदूरपश्चिमका थप ३ ठाउँमा पिसिआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए । कञ्चनपुरको दोधरा–चाँदनीमा सुख्खा बन्दरगाहसँगै औद्योगिक ग्रामको काम अघि बढ्ने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको अबस्थाबारे बुझ्न मन्त्री भट्टसहितको एक उच्च स्तरीय टोली यहाँ आइपुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सिमा नाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टाइन, लगायत औधोगिकको पनि अनुगमन गर्ने जनाइएको छ ।



बिहिबार २९, जेठ २०७७ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.