नवलपरासीमा सीमामा सशस्त्र र स्थानीयबिच झडप, चार राउन्ड हवाई फायर

Yugnepal     1459 पटक पढिएको    

नवलपरासीमा सीमामा सशस्त्र र स्थानीयबिच झडप, चार राउन्ड हवाई फायर

 

नवलपरासी पश्चिम ।  नलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ सँग जोडिएको बसहिया भारत र नेपालको सीमामा स्थानीय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानीय घाइते भएका छन् । 

स्थानीय एक महिलाले भारततर्फबाट खेतमा हाल्ने मल लिएर आउँदै गर्दा प्रहरीसँग भनाभन गरेपछि अन्य सयबढी स्थानीयहरु भेला भएर अस्थायी प्रहरी पोष्ट नै भत्काएका थिए । 

प्रतिरक्षाका लागी प्रहरीले चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । घाइते सशस्त्र मध्ये तीनजनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ । अन्यको निधारमा चोट लागेको छ ।

 स्थानीयले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।
 हाम्रकुराबाट साभार



आइतबार २५, जेठ २०७७ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.