कांग्रेसका प्रमुख सचेतक  खाँडले भने अतिक्रमण लिम्पियाधुरा फिर्ता ल्याउन बजेट खै ?'

संसद

युग संवाददाता     1060 पटक पढिएको    

कांग्रेसका प्रमुख सचेतक  खाँडले भने अतिक्रमण लिम्पियाधुरा  फिर्ता ल्याउन बजेट खै ?'


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकाले आवश्यक बजेट छुट्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै खाँडले भनेभने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । सांसदको लोगोमा पनि हामीले परिस्कृत गरेका छौ । तर सरकारको सबै मन्त्रालयको बजेटमा हेर्यौ हामीले । कहि पनि त्यसका लागि बजेट छुट्याइएको छैन । के कागजमा मात्रै ल्याउन खोजेको हो लिम्पियाधुरा, लिपुलेक र कालापानी रु”

खाँडले सरकार असफल भईसकेकाले यसको परिवर्तनका लागि तयार हुन सत्तारुढ दललाई सुझाव दिएका छन्। उनले भने कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनमा सरकार पुर्ण रुपमा असफल भईसकेकाले असफल सरकारलाई नबोक्न नेकपालाई सुझाव दिए । सरकार तथा प्रधानमन्त्री असफल भएपनि मुलुक असफल हुन नसक्ने भन्दै असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिड्न पनि सत्तापक्षका सांसदहरुलाई सुझाव दिए ।

उनले भने “कोरोना व्यवस्थापन, बाढी पहिरो व्यवस्थापन, प्रशासन व्यवस्थापन लगायतमा पुर्ण रुपमा सरकार असफल भएको छ । प्रधानमन्त्रीज्यू असफल हुनुभएको छ । सत्तासिन पार्टी असफल नबनोस् । त्यसकारण असफल सरकारलाई कतिसम्म बोक्ने रु असफल प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने रु सत्तासिन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार हुनुहोस् । मुलुक असफल हुन सक्क्तैन । सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, मुलुक असफल हुनुहुदैन । सत्तासिन पार्टीले गम्भीर निर्णय गरोस् ।”

उनले मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारलाई ‘चकलेट सरकार’को संज्ञा दिए । उनले भने “हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।”

उनले विद्युतिय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले भने “तीन बर्ष भित्र काठमाण्डौ उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो बर्षमा विद्युतिय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै वर्हिगमन गर्ने रु ”

‘कसैलाई भोको नराख्ने र भोकले मर्न नदिने’ भन्ने सरकारले अहिले क्वारेन्टाईनमा बसेकालाई आफै खाना लिएर आउ भनेको तथा कसम खुवाएर क्वारेन्टाइनबाट घर पठाउने गरेको भन्दै सरकारको आलोचना गरे ।

उनले भने “विपद व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयले गर्नुपर्नेमा रक्षामन्त्रीले गर्नुभएको छ । तर ईश्वरको नाममा सपथ नखाने मन्त्रीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका कोरोना संक्रमित र संक्रमित नभएकालाई घरबाट बाहिर ननिस्कनु, वृद्धवृद्धालाई नभेट्नु, बालबालिकालाई नभेट्नु, छिमेकीलाई नभेट्नु भनेर कसम खुवाएर घर पठाईरहेका छन् । सपथ खुवाएर पठाईएको छ । यसमा घोर आपत्ती छ । ”



आइतबार २५, जेठ २०७७ ०५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.