कोरोना  सुदूरपश्चिममा ८जनामा  पुष्टि, संक्रमितको सङख्या ७८

Yugnepal     823 पटक पढिएको    

कोरोना  सुदूरपश्चिममा ८जनामा  पुष्टि, संक्रमितको सङख्या ७८

 सुदूरपश्चिममा बुधवार ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा कोरोना परीक्षण प्रयोगशालामा  पाँच जनामा कोरोना पुष्टि भएको हो।  सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पताले जानएको छ  । त्यसैगरी डोटीका पूर्वीचौकी गाउँपालीका  ४ का २३ बर्षीय ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

सुदूरपश्चिमका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्। 

सबैभन्दा बढि कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका सात, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ। 



बुधबार २१, जेठ २०७७ ०३:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.