सन्दीप लामिछानेको दिल्लीको आइपिएलमा विजयी शुरूआत, सन्दीप किन खेलेनन्

खेलकुद

Yugnepal     1080 पटक पढिएको    

सन्दीप लामिछानेको दिल्लीको आइपिएलमा विजयी शुरूआत, सन्दीप किन खेलेनन्

सन्दीप लामिछानेको दिल्लीको आइपिएलमा विजयी शुरूआत, सन्दीप किन खेलेनन् 

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आइपिएल टी–२० क्रिकेटमा विजयी शुरूआत गरेको छ । दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको हो । 

आइतबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा २१३ रन बनायो ।

रिशभ पन्तले नटआउट रहँदै २७ बलमा ७८ रन बनाए । कोलिन इन्ग्रामले ३२ बलमा ४७ तथा शिखर धवनले ३६ बलमा ४३ रन बनाए । 

मिचेल म्याकक्लिेघानले ३ विकेट लिए ।

जबाफमा मुम्बईले १९।२ ओभरमा अलआउट हुँदै १७६ रन मात्रै बनाउन सक्यो । कमजोर प्रदर्शन गरेको मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५३ रन बनाएका थिए ।

कुर्नाल पाण्डेयाले १५ बलमा ३२ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन् । 

सन्दीप लामिछाने नखेलेको खेलमा दिल्लीका लागि इशान्त शर्मा र कासिगो रबाडाले २–२ विकेट लिए । 

सन्दीपले अझै पनि खेल्ने सम्भावना नरहेको बुझिन्छ । पहिलो खेलको सेटले राम्रो बलिङ गरेपछि ती खेलाडी फाल्न सकिँदैन । 

सन्दीपले गत वर्ष पनि दिल्लीबाट अन्तिम तीन खेलमात्र खेलेका थिए । सन्दीपलाई अहिले पनि टिम व्यवस्थापनले प्राथमिकतामा नराखेको स्पष्टै हुन्छ । 

मुम्बईका सबै खेलाडी आउट गरे पनि कुनै पनि बलरले उत्कृष्ट बलिङ गर्न सकेनन् । यो पक्षबाट हेर्ने हो र अर्को खेलमा अझ खराव प्रदर्शन हुने हो भने सन्दीप आउन सक्नेछन् । 



सोमबार ११, चैत २०७५ ११:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal