सत्ताका छटु स्यालबाट समाधान हौं

Yugnepal     2183 पटक पढिएको    

सत्ताका छटु स्यालबाट समाधान हौं


सत्ताका छटु स्यालहरु राष्ट्रवाद मार्फत जनताको देशभक्तिको भावना माथी खेलवाड गर्दै छन । विश्व मानवजगत कोभिड १९ अथवा कोरोना भाइरसको महामारीको चपेटामा छ । पुरा देश लकडाउनमा भएको करिब २ महिना पुग्न लागि सकेको छ विश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ दिदिबहिनीको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको छ । कहिँ आत्महत्या त कहिँ कोरोनाबाट मृत्युका खवर आएका आइरहेका छ्न । भारत लगाएत विश्वभरि नेपाली जनता गल्ली गल्लीमा अलपत्र छ्न ।

जनता रोगले भन्दा भोकले मरिरहेका छ्न । जनताको तत्कालीन समस्या समाधानतिर सरकारको प्रयास लगभग शुन्य जस्तै छ । देशमा कोरोन परिक्षण कछुवा गतिमा छ । जनतालाई गम्भीर भ्रममा राखेर सरकार नै अस्थिर राजनीतिको लागि फुटाउ र राज गर को रणनीतिमा सांसद अपहरण देखी राज्यका सबै संवैधानिक अंगमा हस्तक्षेप गर्दै तानाशाह प्रवितीमा अगाडि बढेको छ । यसै समयमा देशमा चरम भ्रष्टाचार भएको छ । संघीय सरकार स्वास्थ्य सामाग्रीमा करोडौं भ्रष्टाचार देखी स्थानीय तहमा राहतका सामाग्रीमा सडेको चामल वितरण सम्मका समाचारहरु सम्प्रेषण भए तर प्रधानमन्त्रीकै निर्देशनमा त्यो मुद्दा सामसुङ पार्ने काम भयो भ्रष्टाचारको निरंतरता छदैछ। यता प्रदेश । सरकार बादरको पुच्छर लौरो न , हतियार जस्तो भएर पंचायत कालिन अञ्चलका अन्चलाधिश जस्तो भएर बसेको छ । सम्बन्धित प्रदेश सरकारका प्रमुख बाटपनि सोही अनुसारको निरही जवाफ जनताले सुनु परेको छ । तर सरकार एक पछि अर्को घटनालाई भाइरल गराएर आफ्नो निकम्मापन , असक्षमता र भ्रष्टाचारको मुद्दालाई विषयान्तर गरेर जनताको अगाडि राष्ट्रवादी बन्नमा न्वारानदेखि को बल प्रयोग गर्दैछ ।

जुद्वशमशेर र विश्वशर प्रसाद कोइराला पछिको इतिहासकै बलियो सरकार हो केपि ओलि को सरकार जनताले लगभग दुइतिहाइको जनमत दिएका छ्न किन दिएका हुन भने विगत ७० वर्ष देखी देशमा स्थिर सरकार बन्न सकेन । स्थिर सरकार नबन्दा देशमा सुशासन भएन , भ्रष्टाचार बढेर जादा देश आर्थिक समृद्धि तिर जान सकेन । देशमा स्थिर सरकार भएन भने विदेशी हस्तक्षेप बढ्यो देशका सिमानाकामा अधिक्रमण भए । देशमा वेरोजगार बढेर गयो अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबि बन्न सकेन । हजारौं शाहीदको खुन बाट प्राप्त संघीयताको मुलमर्म अनुसार देशमा संघीयता कार्यान्वयन हुन्छ र देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बलियो हुन्छ । र नेपालमा श्रमजीवी जनताको सरकार बन्छ भनेर नेपाली जनताले कम्यूनिष्टको नाममा केपी शर्मा ओलिको नेतृत्वलाई दुई तिहाई मत दिएर देशमा बलियो शक्तिशाली सरकार बनायो ।

तर आज देशमा नेपाली जनताले खोजेको दुई तिहाइको सरकार पनि छ । शक्तिशाली प्रधानमन्त्री पनि देशले पाएको छ । तर पनि देशमा आज उपरोक्त जनताको अपेक्षा अनुसार काम भयो त भन्दा विगत भन्दा कयौं गुणा भ्रष्टाचार छ बढेको छ । हजारौं छोराछोरीहरु असुरक्षित छ्न । लाखौं मान्छे आत्महत्या गर्दै छन । कार्यालयमा सुशासनको नाम नै सुनिदैन सांसद अपहरण देखी बालुवाटार जग्गा हड्पने काम भएको छ् । विश्वमा महामारी छ । लाखौं नेपाली दाजुभाइ दिदिबहिनी हरु विदेशका सडकमा अलपत्र छ्न । हजारौं दाजुभाइ सयौं किलोमिटर पैदल हिडेर घर जान विवश छ्न । दैनिक सयौंको संख्यामा आत्महत्याका समाचार आएका छ्न
दुई महिनासम्म सयौंको संख्यामा सिमानाकामा नेपाली दाजुभाइ अलपत्र छ्न । महाकालि वारि बुबा मर्दा पारी छोरा १३ दिन क्रिया गरेर बसेका छ्न । सयौं नेपाली दाजुभाइ दिदिबहिनीहरु सिमानाकामा मलेरिया डेंगु जस्ता रोगले संक्रमित भइसकेका छ्न । सम्पुर्ण जनता रोगले भन्दा भोकले र भोकले भन्दा आफ्न्तको ताप र शोकले मरिसकेका छन । जताततै जनताको बिचल्ली भएको छ ।

तर इतिहासकै शक्तिशाली सरकार र त्यसको नेतृत्वले इतिहासमै सबैभन्दा बढी छटु विधिबाट जनताको देशभक्ति भावनामा धावा बोल्दै छ । आफ्नो कमजोरी र कुर्सी मोहलाई बचाउन जनतालाई गम्भीर भ्रममा राखेको छ । देशलाई एकल जातीय नश्लिल राजनीतिमा लैजान गम्भीर षड्यन्त्र गर्दैछ ।पटक पटक उठेका सरकारका कमजोरीलाई राजनीतिक रूपमा छटु स्याल झै विषयलाई विषयान्तर गरेर आफू पानी माथीको उभानो बन्न मिल्छ कि मिल्दैन रु यो जनता जनार्दनको अदालतले फैसला गरोस् । यो अधिकार स्वतन्त्र र निस्वार्थ नेपाली जनतामा निहित छ र हुनुपर्छ । तर इतिहासकै शक्तिशाली जनमत ल्याएको सरकारले फलानो सालमा फलानोको सरकार थियो उसले किन गरेन रु उसले गर्न सकेन तब मैले गरेन भनेर सरकारले अथवा सत्तारूढका नेताकार्यकर्ता भन्न मिल्छ रु आफ्नो जिम्मेवारी आएको बेला पुर्व प्रधानमन्त्रीहरु माथी टिकाटिपणी गर्नका लागि दिएको जनमत हो र यो रु यतिसम्मको अपेक्षा र विश्वास गरेर दुई तिहाइ जनताको मत ल्याएर बनेको सरकारले गठबन्धन बाट बनेका ७ महिना ९ महिना चलेका सरकारसंग तुलना गरेर केपी शर्मा ओलि अथवा उनका नेताकार्यकर्ताले आफू पन्छिन मिल्छ रु मिल्छ भने जनताको जनमतको गम्भीर अपमान हो ।

सूर्यनाथ उपाध्यायको संयोजकत्वमा बनेको ५ सदस्यीय अध्ययन समितीले लिपुलेक नेपालको हो भन्ने पोख्त प्रमाण २०७२र७३सालमै के। पी।ओली प्रधानमन्त्री हुंदा दिएको हो त्यसमाथी किन लापरवाही भयोरु यही शक्तिशाली सरकारको पालामा भारतले आफ्नो राजनीतिक नक्सा जारी गर्‍यो त्यो नक्सामा कालापानी लिम्पिया दुरा लगाएतको ६२ हजार स्क्वायर फिट नेपाली भूमि भारतको नक्सा देखियो । त्यो बेला नेपाल सरकारले सर्व दलिय सर्व पक्षीय राष्ट्रिय सहमती बनाएर किन भारत सरकारसंग निर्णयक कुटनैतिक वार्ता गर्न सकेन रु किन नेपाल सरकारले अतिक्रमण भएको नेपाली भूमिलाई समेटेर नक्सा जारी गर्न सकेन सरकारका सरोकारवाला मन्त्रीहरू बाट नै किन फरक फरक अभिव्यक्ति आइरहेका छ्न रु

भारत सरकारले सडक बनाएर पनि भारतीय रक्षामन्त्री ले उद्वघाटन गर्दा सम्म पनि नेपाली जनतालाई किन जानकारी दिइएन । दुई महिना अगाडि मात्र रक्षामन्त्री ईश्वर पोख्रेल ठुलो धनराशि खर्च गरेर कालापानी लिम्पियाधुरा गएका थिए सो समयमा कालापानी सडक बनिसकेको सूचना किन गुपचुप राखियो रु संचार माध्यम बाट छ्याप्छ्यती समाचार आउदासम्म पनि हाम्रो परराष्ट्रमन्त्रीले किन अनभिज्ञता प्रकट गरे रु अहिले नेपाली जनताको मन मतकिष्तमा यस्ता सयौं प्रश्न उब्जिएको छन । तर सन १९६२ देखी कालापानीमा बसेको भारतीय सेना हजारौं स्क्वायर फिट गुमेको जमिन र छिमेकी राष्ट्र संग भएका सयौं असमान सन्धि सम्झौता हटाउन रखारेज गर्न सक्ने बल र मत प्राप्त भएको यो सरकारले यी प्रश्नको जवाफ दिनु पर्ने समयमा विदेशीको कठपुतली भएर पानी माथीको ओभानो हुने नैतिक अधिकार छ र रु अरुले किन गरेन रु यो मेरो पालामा भएको हो र रु मर मेरो नेता राष्ट्रवादी हो भनेर जुन कुतर्कर प्रति प्रश्न सत्तारूढ दल र प्रधानमन्त्रीबाट हुने गरेका छ्न ।यो गम्भीर गैरजिम्मेवार र जनमतको पुर्ण अपमान हो । त्यस बाट नेपाली जनताले सजग सचेत भएर फरक छुट्याउन सक्नुपर्छ ।

अब आउन्छ विषय राष्ट्रियता , राष्ट्रवाद र देशभक्ति यी शब्द मध्य राष्ट्रवाद शव्द अहिलेका सरकार प्रमुखको लोकप्रिय शब्द हो र रामवाण हो । यिनै रामवाणमा जनता झुक्याएर हिजोको टनकपुर सम्झौता सहितको इतिहासबाट चोख्याउने काम भयो । प्रधानमन्त्री केपि ओलि आफुलाइ सबभन्दा बढी राष्ट्रवादी मान्दछ्न । उनका कार्यकर्ता कोहि झुकिएर कोहि नबुझेर ,कोहि गुट स्वार्थमा , कोहि नेपालको ढुकुटी रित्याउने स्वार्थमा र कोहि सत्ता स्वार्थमा लागेर अन्धभक्त भइ समर्थन गर्दै केपी ओलि लाई सबैभन्दा बढी राष्ट्रवादी बनाइ रहेका छन

तर जनता कनफ्यूजमा छन दोधारमा छन । मत दिई सकेकोले सरकारको कार्यशैली बाट गम्भीर पश्चताव मा पनि देखिन्छन् । तर राष्ट्रियता भनेको सरल भाषामा भन्दा उसको वंशावली, बोली भाषा , रितिरिवाज , संस्कृति , इतिहास , धर्म रंग र वर्ण पहिचान लाई राष्ट्रियता भन्दछ्न । हाम्रो जस्तो विविधतायूक्त देशमा तमानौं प्रकारका राष्ट्रियता छ्न हाम्रो देश नै बहुराष्ट्रियता बहुभाषिक बहुसांस्कृतिक, बहुधार्मिक भौगोलिक अखण्डतामा अधारित देश हो । जस्तै स् मेरो राष्ट्रियता डिटेली हो । यसैगरि सबै समुदाय र भूगोल विषेश आ( आफ्नो राष्ट्रियता छन सबैको राष्ट्रियता उत्तिकै राम्रा छ्न एतिहासिक छ्न । मह्त्वपुर्ण छन आफ्नो राष्ट्रियता सबैलाई प्यारो लाग्छ । आफ्नो राष्ट्रियता जोगाउने र माया गर्नु हामी सबै नैतिक कर्तव्य पनि हो ।

राष्ट्रवाद भनेको जुन राष्ट्रमा मान्छे जन्मलिन्छ आफ्नो जिवनको सम्पुर्ण गतिविधि अगाडि बढाउन्छ उसै देशको सम्पुर्ण गतिविधि बाट उसले आफ्नो जिवनको यात्रा अगाडी बढाउन्छ बोली, भाषा ,धर्म ,रितिरिवाज नियम कानुन संगै समाजिक अथवा व्यक्तिगत रूपमा सम्पत्ति आर्जन गर्छ । समाजिक र मानसिक रूपमा हरेक व्यक्ति सम्बन्धित देशको नागरिक स्वाभाविकै रूपमा जुन राष्ट्रमा आफ्नो व्यक्तिगत समाजिक गतिविधि गर्छ भने उ रउस राष्ट्रको जनता स्वयम राष्ट्रवादी हुन्छ । यो होइन कि राष्ट्रवादी हुनको लागि कुनै प्रधानमन्त्री अथवा कुनै दलका नेताले प्रमाणपत्र दिनु पर्छ ।आफ्नो सम्पत्ति , सन्तान , सामर्थ्य र समयको माया सबैलाई हुन्छ यसकारण देशमा बस्ने सम्पुर्ण नेपाली नागरिक रजनता राष्ट्रवादी हुन् र हुन्छन

सब भन्दा महत्वपूर्ण विषय हो देशभक्ति । देशभक्ती भनेको जनता प्राकृतिक स्रोतसाधन राष्ट्र र राष्ट्रिययता पहिचान धर्म संस्कृति प्रतिको ज्ञान् योगदान त्याग बलिदान र इतिहास सबैको समष्टिगत रूपमा देशको माटो समाज अनि जनताको लागि देखिने माया र भावना नै हो देशभक्ती । यो सरकारले जनतामा पैदा गर्नु पर्छ र सरकार प्रमुखले देशभक्तिको साझा भावना जनता सामु छर्लङ्ग देखाउन सक्नुपर्छ । सम्पुर्ण जनतालाई आफ्नो राष्ट्रको देशभक्तिमा लामबद्व र गोलबद्व गराउन सक्नुपर्छ । यो कुरा के अहिलेको सरकारले गर्न सकेको छ रु मुख्य कुरा जनताले बुझ्ने कुरा र फरक छुट्याउने कुरा यो हो । सरकारले आफू पनि देशभक्त हुनुपर्छ र सम्पुर्ण जनतालाई देशभक्तिको पाठ सिकाउन सक्नुपर्छ । जनताको दुख अप्ठ्यारो मा प्रधानमन्त्री र सरकारले अभिभावकको भुमिका खेल्नुपर्छ देशभक्त जनता जन्माउन सक्नुपर्छ ।

तर प्रधानमन्त्रीले नै राष्ट्रवादको अनर्थ लाग्ने गरि छ्टु स्याल झै सत्ताको लागि राष्ट्रवादको भ्रम छर्दै छन । जो अगाडि नै उल्लेख गरि सके स्वाभाविक रूपमा आम नागरिक राष्ट्रवादी हुन्छ ।सरकारले देशभक्त हुदै सम्पुर्ण जनतालाई देशभक्ति माहाअभियानमा जोडेर सबै वर्ग लिंग जात धर्म र समुदायको जनतालाई अपनत्व दिएर देश र जनताको लागि काम गर्नुपर्ने बेलामा याहाँ ठिक उल्टो हुदै छ । जनता जनतामा हेर्ने दृष्टिकोण फरक फरक गरेर नेपाल नेपाली र समुदाय लाई टुक्राटुक्रा बनाउने र एउटा समुदायलाई काखाँ र अर्को समुदायलाई पाखा गरि जुन पक्षपातपुर्ण व्यबहार र शैलीको बिउ अहिलेका प्रधानमन्त्री अथवा उहाँ आबद्ध दलका नेताकार्यकर्ता रोप्न खोज्दैछन् यो गम्भीर विषय हो । यसले हाम्रो देशभक्त जनतामा गम्भीर भ्रम सिर्जना गर्ने र मनोविज्ञानमा ठुलो खाडल ल्याइदिने र देखिने सम्भावना बढेर जादै छ ।र देशको भौगोलिक अखण्डता माथी नै धरापमा पार्ने काम अहिलेको सरकार र प्रधानमन्त्री बाट देखिएकोले सम्पूर्ण नागरिकले समयमै सचेत र सजग रहन अपरिहार्य भएको छ ।

मिनराज बडु
केन्द्रिय सदस्य
जनता समाजवादी पार्टी नेपाल ।



मङ्गलबार ३०, बैशाख २०७७ ०५:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.