अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध

Yugnepal     1302 पटक पढिएको    

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध

अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान सफिकुल्लाहमाथि ६ वर्षको प्रतिबन्ध लगाएको छ। अनैतिक काम गरेको आरोप लगाउदै उनलाई सबै खालका क्रिकेट गतिविधिबाट ६ वर्षको प्रतिबन्ध लगाइएको हो। 

३० वर्षीय सफिकुल्लाहले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिगमा फिक्सिङ गर्न खोजेको अभियोग लगाइएको छ। 

उनीमाथि घरेलु प्रतियोगितामा फिक्सिङमार्फत घुष लिन खोजेको, सहकर्मीसँग मिलेर फिक्सिङको काम गरेको र फिक्सिङको प्रस्ताव समयमै जानकारी नगराएको अभियोग छ।

अफगानिस्तानलाई एकदिवसीय मान्यता दिलाउदाका सदस्य उनले दुई पटक टी(२० विश्वकप खेलेका छन्। यद्यपी उनले गत सेप्टेम्बरदेखि राष्ट्रिय टिमबाट क्रिकेट खेलेका छैनन्। 

उनले अफगानिस्तानका लागि सन् २००९ देखि २०१९ सम्ममा २४ एकदिवसीय र ४६ टी(२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।



सोमबार २९, बैशाख २०७७ ०२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal