सुकुम्बासी बस्तीका ६२ परिवार लाई कम्बल वितरण

युग संबाददाता

Yugnepal     1128 पटक पढिएको    

 

धनगढी २४ माघ ।
 धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का ६२ परिवार सुकुम्बासीलाई कैलाली जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाले संयुक्त रुपमा कम्बल वितरण गरेका छन् ।

केहि दिन यता चिसो बढेपछि सुकुम्वासी बस्तीका वालबालिका तथा वृद्धहरुलाई प्रतिपरिवार लाई २ थानका दरले १ सय २४ थान कम्बल वितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकार बाबुराम श्रेष्ठले बताए ।

सितलहरबाट प्रभावित विपन्न नागरिकलाई सहयोग गरेको उनले बताए । जिल्लाका अन्य स्थानीय तहमा पनि सितलहर बाट ग्रसित नागरिकलाई आगामी दिनमा सहयोग गरिने श्रेष्ठले बताए ।

गत असारमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैया शिविरबाट धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को धुर्चना शिविरमा ल्याइएका ६२ परिवार सुकुम्बासीले समान्य सुविधाबाट बञ्चित भएको गुनासो गरेका छन् ।

सामान्य सेवा सुविद्या बाट बञ्चित उनिहरुले चिसो मौसममा कम्बल पाएकोमा खुशी ब्यक्त गरे । राज्यका कुनै पनि निकायबाट हाल सम्म कुनै पनि सेवा सुविद्या नपाएका उनिहरुले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् । केहि दिन देखि बढेको चिसोका कारण वालबालिकालाई सवै भन्दा बढी समस्या भएको उनिहरुले बताए ।

लामो समयदेखि हरैयामा बस्दै आएका सुकुम्बासी परिवारलाई गत आसर १६ गते धुरझुन्ना पु¥याइएको हो । सुकुम्वासी परिवार बस्ती स्थान्तरण गर्दा वितरण गरिएका पालभित्र रात काटिरहेका छन् । चिसोका कारण बालबालिकाहरुमा रुघा खोकि र निमोनिया समेत देखिएको छ ।

सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो । मुलुकमा द्वन्द्व उत्सर्गमा पुगेको समय २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले सुकुम्बासीलाई उक्त जग्गामा बसाएको थियो । ६२ परिवारका लागी शिविरमा खानेपानीका लागी २ वटा मात्रै नल्का गाडिएको छ भने शौचालय समेत पर्याप्त छैनन् ।



बिहिबार २४, माघ २०७५ ११:२२ मा प्रकाशित

#sunil

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.