हामीलाई देशका लागि जित्नु छ

Yugnepal     1266 पटक पढिएको    

हामीलाई देशका लागि जित्नु छ

जेन्सी । इंग्ल्यान्ड क्रिकेट टोलीका अलराउन्डर स्टोक्सले खाली मैदानमा क्रिकेट प्रतियोगिता खेल्न तयार रहेको बताएका छन् । 

उनले खाली मैदानमा क्रिकेट खेल्दा प्रतिस्पर्धाको भावनामा कुनै कमी नहुने पनि बताए । कोरोना भाइरस नियन्त्रणका लागि घरमै बसेका दर्शकलाई मध्यनजर गर्दै प्रतियोगिता खेले कुनै गुनासो नआउने उनले बताए ।


इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले वेस्टइन्डिविरुद्धको आगामी सिरिज दर्शकविनाको मैदानमा हुन सक्ने संकेत दिएको छ । यस विषयमा सुझाव माग्ने क्रममा स्टोकसले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘‘मलाई लाग्दैन कि दर्शकबिनाको खेलमा प्रतिस्पर्धात्मक भावनामा कमी आउँछ भनेर । हामी आफ्नो देशको प्रतिनिधित्व गर्छौं । हामीलाई देशका लागि जित्नु छ । त्यसैले खाली मैदानमा क्रिकेट खेल्न तयार छौ,” स्टोक्सले भने, “यो खेलाडीका लागि फरक अनुभव हुने छ ।”



बुधबार २४, बैशाख २०७७ ०७:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.