लिभरपुल र म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकरको निध

Yugnepal     987 पटक पढिएको    

लिभरपुल र म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकरको निध

 

काठमाडौं,  इंग्लिस क्लब लिभरपुल र म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर मिचेल रोबिन्सनको निधन भएको छ। आरयल्यानडका राष्ट्रिय खेलाडी रोबिन्सनको मंगलबार ६१ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि छालाको क्यान्सरबाट पीडित रोबिन्सनको निधनको खबर उनकै अफिसियल ट्विटर एकाउन्टबाट दिइएको छ। लगत्तै लिभरपुल, म्यान्चेस्टर सिटीले पनि ट्वीटरमार्फत नै आफ्ना पूर्वखेलाडी रोबिन्सनको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना पनि दिएको छ। 

रोबिन्सनले लिभरपुल र सिटी दुवैमा एक–एक सिजन मात्र खेलेका थिए। उनले सिटीबाट १९७९÷१९८० मा खेलेका थिए भने लिभरपुबाट १९८३÷१९८४ मा खेलेका थिए। अर्को इंग्लिस क्लब ब्राइटनबाट पनि उनले प्रिमियर लिग खेलेका थिए। ब्राइटनबाट उनले १९८० देखि १९८३ सम्म खेलेका थिए। लिभरपुलमा एक सिजन मात्र बिताए पनि त्यहाँ उनले ३ उपाधि जितेका थिए। लिभरपुलबाट उनले पहिलो डिभिजन, लिगकप र युरोपियन कप उपाधि जितेका थिए। 

लामो समय इंग्लिस क्लब फुटबलमा बिताएका रोबिन्सनले करिअरको अन्त्य भने स्पेनिस क्लब ओसासुनाबाट गरेका थिए। त्यहाँ उनले १९८७ देखि १९८९ सम्म खेलेका थिए। 

इंग्ल्यान्डकै लेस्टरमा जन्मिएका रोबिन्सनले राष्ट्रिय टिमबाट भने आयरल्यान्डबाट खेले। उनले १९८० देखि १९८६ सम्म राष्ट्रिय टिमबाट खेल्दै २४ खेलमा ४ गोल गरेका थिए। पछिल्लो समय भने उनी फुटबल पन्डितका रुपमा टेलिभजनमा कार्यरत थिए।



बुधबार १७, बैशाख २०७७ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.