वगरमा लगाएको खेती वैशाखको बाढीले नष्ट

Yugnepal     1441 पटक पढिएको    

वगरमा लगाएको खेती वैशाखको बाढीले नष्ट

कृष्णपुर, वैशाख १५  । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ र ३ का साथै लालझाडी गाउँपालिकाको वगरमा लगाइएको तरकारी खेती आइतबार र सोमबार आएको बाढीले नष्ट गरेको छ ।

लगातार पानी परेपछि आएको बाढीले मछेली, दोधा, वनहरा नदीमा लगाएको बगरखेती नष्ट भएको सुदूरपश्चिम प्रदेश सभाका सांसद महेश जोशीले बताए ।

सांसद जोशीका अनुसार झण्डै दुई सय हेक्टरमा लगाइएको वगरखेती बाढीले बगाउदा झण्डै एक सय परिवारको आम्दानी गुमेको छ ।

वगरखेतीमा काक्रा, खुर्सानी, प्याज, गोलभेडा, करेला, तरभुजा, भिण्डी, टामटर, लौकी र फर्सी लगायतका वेमौसमी तरकारी लगाइएको थियो ।


किसानहरुले माघदेखि लगाएको वगरखेतीको उत्पादन चैतदेखि असारसम्ममा वेच्ने गर्दथे । लकडाउनका कारण पछिल्लो समय धेरै किसानले वगरखेती गरेका थिए ।

सो खेती गर्न कतिपयले सहकारीबाट ऋण समेत लिएका थिए सांसद जोशीले बताए । विगतमा वैशाखमा पानी वा वाढी समेत आउदैनथ्यो सोही कारण केही किसानले चैतमा तरकारी लगाएका थिए ।

तरकारीमा क्षति पुगेपछि सो क्षेत्रमा तरकारीको ठूलो अभाव हुने भएको छ । किसानहरुले कृषि मन्त्रालयले क्षतिपूर्ति दिनु पर्ने माग गरिहरहेको पनि सांसद जोशीले बताए ।



मङ्गलबार १६, बैशाख २०७७ ०१:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.