देश राजनीतिक अस्थिरताको दलदलामा फस्ने खतरा - राप्रपा

युग संवाददाता     1063 पटक पढिएको    

देश राजनीतिक अस्थिरताको दलदलामा फस्ने खतरा - राप्रपा

काठमाडौं, । राप्रपाले सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको स्पष्ट पारेका छन् । कोभिड–१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ’राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ ।


राजनीतिक दल सन्बन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संभावना देखिन्छ । यसैगरी संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको पनि राप्रपाको निश्कर्ष छ ।

संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आईपर्न सक्ने गंभीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु फिर्ता लिन पनि उसले सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ । अध्यक्षत्रय पुशपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाको संयुक्त नाममा जारी गरिएको विज्ञपतीमा भनिएको छ,कोरोना भाईरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ ।



मङ्गलबार ०९, बैशाख २०७७ १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.