अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

युग संवाददाता     896 पटक पढिएको    

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

 

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ९४ पुगेको छ । 

अहिलेसम्म अन्य मुलुकभन्दा अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै रहेको बीबीसीले जनाएको छ । अमेरिकामा अन्य मुलुकहरू भन्दा बढी संक्रमित पनि छन् । 

बीबीसीका अनुसार अमेरिकामा संक्रमितको संख्या सात लाख ८४ हजार रहेको जनाएको छ । अन्य मुलुकहरूभन्दा बढी संक्रमित रहे पनि अमेरिकी राज्यहरूले लकडाउन खुकुलो बनाउने योजना बनाइरहेका छन् ।  
 



मङ्गलबार ०९, बैशाख २०७७ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.