कोरोना संक्रमणका नयाँ लक्षण, पहिले के अहिले के ?

युग संवाददाता     971 पटक पढिएको    

कोरोना संक्रमणका नयाँ लक्षण, पहिले के अहिले के ?

 

काठमाडौं । चीनको वुहानबाट गएको डिसेम्बरबाट फैलिन थालेको कोरोना भाइरस ९कोभिड–१९० का नयाँ लक्षण देखिन थालेका छन् । 

१००।४ डिग्री सेल्सियसभन्दा बढी ज्वरो, तीव्र रुघा, सुख्खा खोकी, टाउको दुखाइ, स्वास फेर्न गाह्रो हुनु लगायतका लक्षण देखिएपछि कोरोनाको संक्रमणको आशंका हुने गर्दथ्यो । 

पछिल्लो समय त यी लक्षण नदेखिनेलाई पनि कोरोनाको पोजेटिभ रिपोर्ट आउन थालेको छ । त्यतिमात्र होइन विभिन्न रिसर्चका अनुसार अहिले पेट दुख्नु पनि कोरोना संक्रमणको नयाँ लक्षणमा पर्न थालेको छ । 

विगत ४ महिनाको अवधिमा कोरोनाका १५ नयाँ लक्षण देखिएको विभिन्न रिसर्चले देखाएका छन् । इटाली, स्पेन र फ्रान्समा संक्रमितका खुट्टाका औंलामा गहिरो घाउ देखिन थालेको छ । 

यस्तो लक्षण बच्चा तथा किशोरमा देखिएको हो । त्यस्तै कसैलाई मांशपेशी चरम रुपले देख्ने लक्षण पनि देखिएको छ । त्यस्तै नयाँ लक्षणमा गन्ध महसुस गर्न नसक्नु, टाउको दुख्नु, बोल्दा बोल्दै स्वर गुम्नु, पेट दुख्नु, दिमागमा रगत जम्नु रहेका छन् । 

इटालीमा देखिएको १३ वर्षको बालकको पहिलो घटनामा पहिले खुट्टाको औंलामा गाढा रंगको घाउ, त्यसपछि शरीर चिलाउने र अन्त्यमा शरीरमा कडापन आउने नयाँ लक्षण देखिएको थियो । 

इटालीको अस्पतालमा पाँचमध्ये एक बालकको छालामा फरक फरक बदलाव देखिएको पाइएको थियो । 

चिनियाँ ५० प्रतिशत संक्रमितमा पेट दुख्ने, उल्टी हुने, पखाला लाग्ने गरेको थियो । अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा प्रकाशित शोधका अनुसार चीनका २०४ बिरामीमा गरिएको रिसर्चाबाट उक्त लक्षण समेटिएको हो । 

द सनको एक रिपोर्ट अनुसार बेलायतको लन्डनका एक बिरामीमा पेटमा फरक किसिमको दुखाई हुनु नै पहिलो लक्षण थियो । फुड प्वाइजनिङ नै यसको लक्षण थियो । 

त्यसपछि मात्र घाँटी सुक्ने, स्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिन थालेका थिए । दक्षिण कोरियामा त बिरामीमा गन्ध र स्वाद नै नपाउने बिरामीका लक्षणहरु भेटिएका थिए । 

रिसर्च रिपोर्ट अुनसार कोरियाली ३० प्रतिशत बिरामीमा ती लक्षण देखिएका थिए । त्यसपछि मात्र ज्वरो, सुख्खा खोकी र स्वास फेर्न गाह्रो हुने लक्षण देखिएका थिए । 

अमेरिकन एकडेमीको रिपोर्ट अनुसार यस्तो लक्षण देखिएको हो । 

अमेरिकाको मिचिगनमा एक ५० वर्षे महिलामा पहिलो पटक टाउको दुखेको थियो । जब दिमागको स्क्रिनिङ भयो तब थाहा भयो कि दिमागका केही भाग सुन्निएका थिए । एक भागका केही कोशिकाहरु ड्यामेज भइसकेका थिए । 

ब्रेन स्ट्रोक लगायत इन्सेफलाइटिसका लक्षणका साथै दिमागमा रगत गम्ने लक्षण इटाली लगायतका ठाउँमा पनि देखिएको इटालीको ब्रेसिका युनिभर्सिटी अस्पतालले जनाएको छ । 

यसप्रकार विश्व स्वास्थ्य संगठन र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले विभिन्न लक्षणका सुरुआती एडभाइजरी जारी गरेको थियो । 

ती लक्षणहरुमा काफी फेरबदल भएको छ । तसर्थ जे हुँदा पनि चिकित्सकको सल्लाह लिनु नै उत्तम मानिएको छ । 



शनिबार ०६, बैशाख २०७७ ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.