विश्व बैंकले नेपाल सहित सात देशहरुलाई आर्थिक कठिनको सूचिमा राख्यो

युग संवाददाता     942 पटक पढिएको    

विश्व बैंकले नेपाल सहित सात देशहरुलाई आर्थिक कठिनको सूचिमा राख्यो

 विश्व बैंकले कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपाल लगायत दक्षिण एशियाका देशहरूमा आर्थिक वृद्धि सबैभन्दा खराब हुने बताएको छ । यसले विगत ३० बर्षको रेकर्ड तोड्ने बताइएको छ । विश्व बैंकले दक्षिण एशियाको अर्थव्यवस्थामा आधारित एक रिपोर्टमा दक्षिण एसियाका आठ देशहरूमा अप्रिल १ देखि सुरु हुने आर्थिक वर्षको आर्थिक वृद्धि १।८ प्रतिशत देखि २।८ प्रतिशत हुने बताइएको छ । ६ महिना अघि ६।३ प्रतिशत अनुमान गरिएको थियो ।
कोरोना संकटको कारण श्रीलंका, नेपाल, भुटान र बंगलादेशको आर्थिक स्थिति घट्ने विश्व बैंकको रिपोर्टले अनुमान गरेको छ । यसमा पनि पाकिस्तान, अफगानिस्तान र माल्दिभ्समा धेरैनै मन्दी आउने अवस्था देखिएको छ । विश्व बैंकले यो रिपोर्ट सबै देशहरूको ७ अप्रिल सम्मको डाटामा आधारित रहेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार कोरोना संक्रमण रोक्नका लागि गरिएका उपायहरूले दक्षिण एशियाभरि आपूर्ति श्रृंखलामा असर पारेको छ ।

बैंक तथा सरकारहरूको धेरै प्रयास
विश्व बैंकको रिपोर्टले बैंक र सरकारहरूले कोरोनाको आर्थिक प्रभावलाई कम गर्न थुप्रै कदमहरू चालेको बताएको छ । बेरोजगार आप्रवासी मजदुरहरूका लागि सरकारले धेरै घोषणाहरू गरिसकेको छ भने बैंकहरूले ब्यापार र व्यक्तिगत कर्जामा धेरै राहत दिएका छन् । छिमेकी राष्ट्र भारत सरकारले लकडाउनबाट प्रभावितहरूलाई सहयोग र्पुयाउन १।७ करोडको राहत प्याकेज घोषणा गरेको छ । यसैगरी पाकिस्तानले ४५ हजार करोड रुपैयाँको प्याकेज घोषणा गरेको छ । विश्व बैंकका अधिकारी हर्त्विज शेफरले उक्त रिपोर्टमा दक्षिण एसियाका देशहरुका सरकारले भाइरसको संक्रमण रोकथाम गर्न र जनताको सुरक्षामा ध्यान केन्द्रित गर्नु पर्ने उल्लेख भएको बताएका छन् । अझ विशेष गरी यस्ता गरिब व्यक्तिलाई ध्यान दिनुपर्दछ जसको स्वास्थ्य र आर्थिक अवस्थाले महामारीलाई असर गरेको छ । जसमा भारत, श्रीलंका, बंगलादेश, भुटान, नेपाल, पाकिस्तान, माल्दिभ्स र दक्षिण एशियाको अफगानिस्तान समावेश छन् । बैंकिङ खबरबाट साभार ।



बुधबार ०३, बैशाख २०७७ ०१:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.