महामारीले ३० वर्ष पुरानो रेकर्ड तोड्ने, आईएमएफले भन्यो ‘विश्व अर्थतन्त्रमा ठूलो संकट’

युग संवाददाता     929 पटक पढिएको    

महामारीले ३० वर्ष पुरानो रेकर्ड तोड्ने, आईएमएफले भन्यो ‘विश्व अर्थतन्त्रमा ठूलो संकट’


 अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ का अनुसार २०२० विश्वव्यापी अर्थतन्त्रका लागि ज्यादै नराम्रो हुनेछ । आईएमएफको यस बर्ष विश्व अर्थतन्त्रले १९३० को दशक पछिको सबैभन्दा ठूलो गिरावट देख्ने अनुमान गरेको छ । आईएमएफका निर्देशक क्रिस्टलिना जर्जिएभाले बिहीबार २०२० मा विश्वका १७० भन्दा बढी देशहरूको प्रतिव्यक्ति आय घट्ने बताइन् । उनले विश्वले संकटको सामना गरीरहेको जुन पहिले कहिल्यै नदेखेको बताइन् । उनले भनीन् “कोविड १९ ले हाम्रो आर्थिक र सामाजिक स्थिति धेरै छिटो बिग्रिएको छ । हामीले पहिला यस्तो कहिल्यै देखेका थिएनौं ।”

२०२० मा विश्वव्यापी वृद्धि दरमा ज्यादै गिरावट आएको छ
उनले भनीन् मानिसहरु यो भाइरसबाट मरिरहेका छन् र यस सँग लड्नका लागि लकडाउनको सामना गर्नुपरेको छ । जसले अरबौं मानिसहरुलाई असर गरेको छ । केही हप्ता पहिले सबै सामान्य थियो । बच्चाहरू स्कूल जाँदै थिए, मानिसहरू काममा थिए, हामी परिवार र साथीहरूसँग थियौं । तर आज यो सबैमा जोखिम छ । जर्जिभाले यो विश्व संकटको अवधिको बारेमा असाधारण रूपमा अनिश्चित रहेको, तर २०२० मा विश्वव्यापी वृद्धि दरमा तीव्र गिरावट आउने कुरा स्पष्ट भइसकेको बताइन् ।

१७० भन्दा बढी देशहरुमा प्रति व्यक्ति आय घट्ने अनुमान
आईएमएफ प्रमुखले महामन्दी पछि सबैभन्दा ठूलो गिरावट देखिने अनुमान रहेको बताइन् । उनले ३ महिना अघिमात्र १६० सदस्य देशहरूमा प्रति व्यक्ति आय २०२० मा बढ्ने अनुमान गरेको स्मरण गर्दै अब सबै परिवर्तन भएको उल्लेख गरीन् । अब भने १७० भन्दा बढी देशहरूमा प्रति व्यक्ति आय घट्ने अनुमान गरिएको छ । महामन्दी विश्वको अर्थतन्त्रको सबैभन्दा खराब चरणको रूपमा परिचित छ । यसको सुरुवात १९२९ मा अमेरिकाको वालस्ट्रिएटमा न्यू योर्क स्टक एक्सचेन्जको ’पतन’ बाट शुरू भएको थियो । महामन्दी करीव १० बर्ष सम्म चल्यो ।

विश्वको अर्थतन्त्रमा चोट पुर्याइरहेको छ
आईएमएफ प्रमुखले भाइरस फैलिनबाट रोक्न आवश्यक प्रतिबन्ध लगाइएको छ, जसले विश्वको अर्थतन्त्रलाई हानी पुर्याइरहेको बताइन् । जर्जियाले विशेष गरी खुद्रा, होटेल, यातायात र पर्यटन क्षेत्रहरु यसबाट प्रभावित भएको बताइन् । उनले धेरै जसो देशहरुमा बढी मजदुर या त स्वरोजगारमा कार्यरत रहेको वा साना र मध्यम उद्यममा कार्यरत रहेका कम्पनीहरू र कामदारहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेकी छन् ।

आईएमएफ प्रमुखले उदीयमान बजार र अफ्रिका, ल्याटिन अमेरिका र एसियाको ठूलो भागमा कम आय भएका देशहरूमा जोखिम निकै बढी रहेको बताएकी छन् । त्यस्ता देशका नागरीकहरुको स्वास्थ्य प्रणाली धेरै कमजोर रहेको र यस बाहेक, गाउँले बसोबास भएका शहरहरू र बस्तीहरू जहाँ शारीरिक रूपमा सुरक्षित दूरी बनाएर रहनको विकल्प छैन त्यहाँ चुनौती सामना गर्नु पर्ने उनको भनाई छ । बैंकिङ खबरबाट साभार । 



आइतबार ३०, चैत २०७६ १०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.