अमेरिकामा २४ घण्टामा २९ हजार २१६ जना नयाँ संक्रमित  १ हजार ८१५ नयाँ मृतक

युग संवाददाता     771 पटक पढिएको    

अमेरिकामा २४ घण्टामा २९ हजार २१६ जना नयाँ संक्रमित  १ हजार ८१५ नयाँ मृतक


काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा बढी पीडित अमेरिका भइरहँदा संक्रमितदेखि मृत्यु संख्यासम्म सबैमा अमेरिकाले उछिनेको छ । 

विश्वभर १७ लाख ७८ हजार २१० जना संक्रमित हुँदा अमेरिकामा मात्रै ५ लाख ३२ हजार ९२ जना संक्रमित अमेरिकाकै हुन् । 

शनिबार २९ हजार २१६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै विश्वभर १ लाख ८ हजार ७५५ जनाको ज्यान जाँदा अमेरिकामा मात्रै २० हजार ५६२ जनाको ज्यान गएको छ । 

अमेरिकाका नयाँ मृतक १ हजार ८१५ जना रहेका छन् । अमेरिकामा ३० हजार २९८ जनालाई मात्र निको भएको छ । 

संक्रमणमा स्पेन दोस्रो स्थानमा छ । १ लाख ६३ हजार २७ जना संक्रमित हुँदा १६ हजार ६०६ जनाको ज्यान गएको छ । 

तेस्रो स्थानको इटालीमा १ लाख ५२ हजार २७१ जना संक्रमित हुँदा १९ हजार ४६८ जनाको ज्यान गएको छ । 

चौथो स्थानको फ्रान्समा १ लाख २९ हजार ६५४ जना संक्रमित हुँदा १३ हजार ८३२ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख २५ हजार ४५२ जना संक्रमित हुँदा २ हजार ८७१ जनाको ज्यान गएको छ ।  

चीनमा ८१ हजार ९५३ जना संक्रमित हुँदा ३ हजार ३३९ जनाको ज्यान गएको छ । बेलायतमा ७८ हजार ९९१ जना संक्रमित हुँदा ९ हजार ८७५ जनाको ज्यान गएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । 

इरानमा ७० हजार २९ संक्रमित हुँदा ४ हजार ३५७ जनाको ज्यान गएको छ । 

भारतमा ८ हजार ४४६ जना संक्रमित हुँदा २८८ जनाको ज्यान गएको छ । त्यस्तै पाकिस्तानमा ५ हजार ११ जना संक्रमित हुँदा ८६ जनाको ज्यान गएको छ । 



आइतबार ३०, चैत २०७६ १०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.