यस्तो छ माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था

अर्थ समाचार

Yugnepal     708 पटक पढिएको    

यस्तो छ माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था

यस्तो छ माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था
काठमान्डौं  । चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३० खर्ब ८५ अर्ब ७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आर्थिक वर्षको माघ मसान्तमा यस्तो निक्षेप २५ खर्ब २३ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी व्यक्तिगत रुपमा १६ खर्ब ६६ खर्ब ९७ करोड ७० लाख रुपैयाँ निक्षप संकलन भएको छ । त्यसपछि सबैभन्दा बढी गैह्रबैंकिङ क्षेत्रबाट ४ खर्ब ५३ अर्ब ५५ करोड २६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । सरकारी संस्थानहरुबाट ३ खर्ब ७ अर्ब ८६ करोड १३ लाख रुपैयाँ निक्षेप आएको छ भने गैह्रसरकारी संस्थाहरुबाट २ खर्ब ४४ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । बीमा कम्पनीहरुबाट पनि २ खर्ब ८ खर्ब ३८ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।

प्रतिशतका आधारमा गत वर्षको माघ मसान्तमा भन्दा यस वर्ष स्थानीय तहबाट २ सय ७५ प्रतिशतले निक्षेप बढेको छ । केन्द्रिय बैंकले स्थानीय तहमा पठाएको बजेटको ५० प्रतिशत रकम निक्षेपको रुपमा बैंकहरुले चलाउन पाउने व्यवस्था गरेपछि यस्तो निक्षेपमा उच्च वृद्धि देखिएको हो । त्यसपछि सबैभन्दा बढी निक्षेपको वृद्धि सरकारी संस्थानहरुबाट २० दशमलव ५ प्रतिशतले भएको छ । कर्मचारी संचयकोषबाट पनि १६ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।बैंकिङ खबर 



बुधबार ०६, चैत २०७५ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.