सांसदहरुको सम्पत्ति पाँच वर्षमा १४२ प्रतिशतले वृद्धि, फिल्मी शैलीमा शत्रुघ्न सिन्हा सबैभन्दा अगाडि

विदेश

Yugnepal     703 पटक पढिएको    

सांसदहरुको सम्पत्ति पाँच वर्षमा १४२ प्रतिशतले वृद्धि, फिल्मी शैलीमा शत्रुघ्न सिन्हा सबैभन्दा अगाडि

सांसदहरुको सम्पत्ति पाँच वर्षमा १४२ प्रतिशतले वृद्धि, फिल्मी शैलीमा शत्रुघ्न सिन्हा सबैभन्दा अगाडि 

काठमाडौं । भारतमा लोकसभाको निर्वाचन आउँदा नेता र सांसदहरुको अध्ययन अनुसन्धान पनि चर्को रुपले भइरहेको छ । सोही क्रममा एक अध्ययनका अनुसार १५३ सांसदहरुको सम्पत्ति पाँच वर्षमा १४२ प्रतिशतले वृद्धि भएको पाइएको छ । 

एसोसिएसन फर डेमोक्रेटिक रिफम्स ९एडीआर० ले सन् २०१४ मा दोस्रो पटक चुनिएका १५३ सांसदको सम्पत्तिको विश्लेषण गर्दा १४२ प्रतिशतले वृद्धि भएको पाइएको हो । 

रिपोर्टमा सन् २००९ र सन् २०१४ मा चुनिएका सांसदसंगै सन् २०१८ को उपचुनावमा जितेका सांसदको सम्पत्तिको पनि विष्लेषण गरिएको थियो । 

पटनाको साहिबबाट भाजपाबाट सांसद भएका बलिउड अभिनेता शत्रुघ्न सिन्हाको सम्पत्ति पाँच वर्षमा ७७८ प्रतिशत वृद्धि भएको देखिएको छ । यो सबैभन्दा बढी हो । 
त्यसपछि पिनाकी मिश्राको सम्पत्ति ३६२ प्रतिशतले वृद्धि भएको छ । 

उदयराज भोसलेको सम्पत्ति ४१७ प्रतिशतले वृद्धि भएको देखिएको छ । सबैभन्दा बढी बीजद पार्टीका सांसदको सम्पत्ति २९८ प्रतिशतले वृद्धि भएको देखिएको छ भने त्यसपछि तृणमूलका सांसदको २२१ प्रतिशत देखिएको छ । 

भाजपाको १४० प्रतिशत तथा काँग्रेसको सबैभन्दा कम १०९ प्रतिशत बढेको देखिएको छ । 



बुधबार ०६, चैत २०७५ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.