कोरनाको जोखिम उच्च कक्षा ११ र १२ को परीक्षा स्थगित

परीक्षा स्थगित

युग संवाददाता     887 पटक पढिएको    

कोरनाको जोखिम उच्च कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । 


राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । 


पूर्वनिर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा वैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि हुने तय थियो । 


परीक्षा स्थगित भएसँगै बोर्डले सबै प्रदेशका परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही बमोजिम गर्न तथा गराउन समेत निर्देशन दिएको छ । 

विद्यार्थी अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै बोर्डले विद्यार्थीलाई घरमै बसेर परीक्षाको तयारी गर्न समेत अनुरोध गरेको छ । 

हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामान्य अवस्थामा फर्कनेवित्तिकै परीक्षाको नयाँ तालिका प्रकाशित गरेर जानकारी गराइने बोर्डले स्पष्ट पारको छ।  यसअघि बोर्डले पूर्वनिर्धारित एसईई परीक्षा पनि स्थगित गरेको थियो । 



मङ्गलबार २५, चैत २०७६ ०१:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.