कोरोना संक्रमण र लकडाउनमा के गर्दैछ कांग्रेस

युग संवाददाता     869 पटक पढिएको    

कोरोना संक्रमण र लकडाउनमा के गर्दैछ कांग्रेस


कोरोना परीक्षणको दायरा बढाइयोस्, भ्रष्टाचारको विषयमा छानविन गरियोस्, स्वास्थ्य उपकरण खरिदका लागि सेनालाई जिम्मेवारी नदिइयोस्

काठमाडौं । नोभल कोरोना भाइरस कोभिड–१९ ले विश्वलाई अस्तव्यस्त पारेका सन्दर्भमा नेपाल पनि यसबाट अछुतो छैन । 

यसले मानव जातिलाई नै आक्रान्त पारेको छ । उच्च जोखिममा परेको नेपाललाई संक्रमण फैलिन नदिन सरकारले १३ दिनदेखि लकडाउन गरेको छ । 

विभिन्न क्षेत्रबाट दैनिक खानपानमा समस्या भएकालाई सघाउने क्रम पनि चलिरहेको छ । 

यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लगाएको लकडाउनलाई सघाएको र सघाउने बताउँदै आएको छ । उक्त क्रममा कांग्रेसका ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुले सरकारलाई जवाफदेही बन्नका लागि आग्रह गरेक रोल्पा कांग्रेसका अमर सिंह पुनले जनाएका छन् । 

उनीहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै ११ बुँदामा आफ्ना गतिविधि र सरकारसंग माग समेटेका छन् । सभापतिहरुले कोरोना परीक्षणको दायरा बढाएर बढी भन्दा बढीलाई परीक्षण गर्न आग्रह गरेका छन् । 

त्यस्तै स्वास्थ्य उपकरण खरीद प्रकरणमा संलग्न उच्चस्तरिय समिति, स्वास्थ्य मन्त्री र थप संलग्नहरुलाई तत्काल वर्खास्त गरी भ्रष्टाचारको विषयमा छानविन गर्न पनि सभापतिहरुले माग गरेको नुवाकोट कांग्रेस सभापति जगदिश्वरनरसिंह केसीले बताए । 

त्यस्तै कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा संकलन गरिएको रकम ठीक ढंगले वितरण र उपयोग गर्नका लागि उच्चस्तरीय सर्वदलिय संयन्त्रको गठन गर्नुका साथै स्वास्थ्य उपकरण खरिदका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय तुरुन्त खारेज गर्न पनि माग गरिएको छ । 

यस्तो छ प्रेस विज्ञप्ति–

मिति– २०७६–१२र–२२

प्रेस विज्ञप्ति

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० ले  मानव जातीलाई आक्रान्त पारेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेको मुलुकमा राखेको हुँदा सावाधानी र सतर्कता अपनाउन आव्हान गरिसकेको अवस्था छ । नेपाल सरकारले यि सवै कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको घोषणा गरी मानिस आवतजावतमा रोक लगाउने, भेला नहुने र सभा सम्मेलन गर्न नपाउने गरी आदेश जारी गरेको छ । यसलाई स्वागत गर्दै हामी सवै आ९आफ्नो घरमा वसौं, सरसफाइमा विशेष ध्यान पुर्याउँ । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयलाई खेलवाडको रुपमा नलिउँ । यस सन्दर्भमा सरकारले गरेको सवै कदमलाई हामी सवै नेपाली जनताले पूर्ण रुपमा साथ र सहयोग गरिरहेका छौं । तर दूर्भाग्य सरकारका मन्त्रीहरु र आसेपासेहरुले अधिकारको दुरुपयोग गरी करोडौंको भ्रष्टाचार गरी जनताको जिउधन संग खेलवाड गर्ने प्रपन्चमा लाग्नु खेदजनक विषय हो ।भष्टाचार वाट मुक्ति पाउने ध्येयले सरकारी तथा नागरीक संयन्त्रलाई पंगु बनाई सम्पूर्ण जिम्मेवारी नेपालि सेनालाई सुम्पनु राम्रो कुरा होइन । यद्धपि नेपाली सेनाको लोकतन्त्र प्रतिको निष्ठामा शंका गर्ने कुनै ठाउँ छैन । यस सन्दर्भमा देशभरका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको ध्यानाकर्षण भएको छ । हामी जनताको जिउधनको सुरक्षाको लागि सहयोग गर्न तत्पर छौं तर सरकार देश र जनताप्रतिको जिम्मेवारी वाट पूर्णरुपमा अलग हुन खोजेकोमा हाम्रो आपत्ति छ । सरकार देश र जनता प्रतिको दायित्त्व पुरा गरी जवाफदेही वनोस । यि र यस्तै विषयमा हाम्रो दृष्टिकोण तपशिल वमोजिम उल्लेख गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि अनुरोध छ । 
१,यस विषम परिस्थितीमा जनताको जिउधनको रक्षा गर्न र सूचनाको हक प्रदान गर्न निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु, रेडक्रसकर्मी र स्वयंसेवी सवैमा विशेष धन्यवाद छ ।
२,पार्टिका साथीहरुले देशव्यापीरुपमा जनचेतना फैलाउने र आइपर्ने सवै समस्यामा तदारुकता देखाई निरन्तर क्रियाशिल रहने । 
३,हाल न्यून रहेको कोरोना परिक्षणको दायरा तत्काल सवैको सरल पहुँच हुनेगरी तत् तत् क्षेत्रमा वढाइयोस ।४,सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सरोकारवाला सवैलाई गुणस्तरीय पीपीइ लगायतका स्वास्थ्य सुरक्षा उपकरणहरु तुरुन्त उपलव्ध गराइयोस ।
५,भारत नेपालको सिमानामा अलपत्र रहेका नेपालीहरुलाई तुरुन्तै नेपाल ल्याइ क्वारेन्टाइनमा राखी थप उपचारको प्रवन्ध मिलाइयोस । 
६, तेस्रो मुलुकमा रहेका बिधार्थी, व्यापारी, उधोगी लगायत सवैलाई तत्काल नेपाल ल्याउने व्यवस्था गरियोस । 
७,श्रमजिवी मजदुर र विपन्न वर्गलाई तत्काल खाधान्य लगायतका राहत सामाग्रीहरुको वितरणको व्यवस्था मिलाइयोस । 
८,स्वास्थ्य उपकरण खरीद प्रकरणमा संलग्न उच्चस्तरिय समिति, स्वास्थ्य मन्त्री र थप संलग्नहरुलाई तत्काल वर्खास्त गरी भ्रष्टाचारको विषयमा छानविन गरियोस । 
९,कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा संकलन गरिएको रकम ठिक ढंगले वितरण र उपयोग गर्नका लागि उच्चस्तरीय सर्वदलिय संयन्त्रको गठन गरियोस । 
१०, स्वास्थ्य उपकरण खरिदका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय तुरुन्त खारेज गरियोस । 
११,नेपाली कांग्रेसको नेतृत्व एकतावद्ध भइ वर्तमान संकट समाधान र जनसरोकारका विषयमा तुरुन्त प्रभावकारी कदम चालियोस । 
नेपाली कांग्रेसका ७७वटै जिल्ला सभापतिहरु।



आइतबार २३, चैत २०७६ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.