कोरोनाले साउदीमा २५ को ज्यान लियो, मक्का–मदिनामा अनिश्चितकालका लागि २४ घन्टे कर्फ्यू

युग संवाददाता     1075 पटक पढिएको    

कोरोनाले साउदीमा २५ को ज्यान लियो, मक्का–मदिनामा अनिश्चितकालका लागि २४ घन्टे कर्फ्यू

 

साउदी अरेबिया । चीनको वुहान शहरबाट सुरु भई विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म झण्डै ६० हजारको ज्यान गएको छ । 

११ लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन् । 

यो २०५ देश र क्षेत्र तथा दुई बहावमा फैलिसकेको छ । साउदी अरेबियाले पनि  कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हरसम्भव प्रयास गरिरहेको छ । तर आफ्नो देशमा फैलिन नदिनका लागि जति प्रयास गरेपनि यस भाइरसबाट अछुतो रहेन ।

साउदी अरेबियाको राजा सलमान बिन अब्दुल अजीजले कोरोना भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि सतर्कता अपनाउँदै धेरै अघि नै ठुला ठुला कदम उठाएपनि आफ्नो देशलाई कोरोनाबाट अछुतो राख्न सकेनन् ।

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट शनिबार दिउँसोसम्म २५ जनाले ज्यान गुमाइ सकेका छन् । 

२०३९ जना यसको संक्रमित रहेका छन् । जसमा ३५१ जना निको भएको स्वास्थ्य मंत्रालयले जनाएको छ । हालसम्म १६३ जनामा कोरोना भाइरसको संक्रमित ब्यक्तिको सम्पर्कको कारण भएको छ भने २ जना यात्राबाट सम्बन्धित रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

साउदी अरेबियामा दिन प्रतिदिन बढ्दै गइरहेको कोरोना भाइरसलाई रोक्ना साउदी सरकारले जति प्रयास गरेपनि हालसम्म यसको रोकथाममा कमी देखिएको छैन । 

बितेको २४ घन्टा भित्र कोरोना भाइरसबाट थप ४ जनाको ज्यान लिएको छ भने थप १५४ जना नयाँ कोरोना भाइरसको संक्रमित भेटिएको साउदी स्वास्थ्य मंत्रालयले पुष्टि गरेको हो ।
 
साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले कोरोना भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी अरेबियामा साँझ ७ बजे देखि बिहान ६ बजे सम्मका लागि २१ दिने कर्फ्यूको घोषणा गरेका थिए । 

तर पछि मक्का, मदिना र साउदी अरेबियाको राजधानी रियाद शहरमा कोरोना भाइरसका संक्रमित बढी भेटिएपछि साउदी सरकारले यी तीन शहरमा कर्फ्यूको समयमा ४ घन्टाको वृद्धि गरि दिउँसो ३ बजेदेखि बिहान ६ बजे सम्मका लागि कर्फ्यूको घोषणा गरेका थिए ।

साउदी अरेबियाको शहर मक्का मदिनामा एकै दिन बुधबार कोरोना भाइरसको ५५– ५५ जनामा संक्रमण भेटिएपछि साउदी सरकारले अर्को सूचना नआए सम्म्का लागि मक्का मदिनामा २४ घन्टा अनिश्चितकालीन कर्फ्यू लगाएको छ भने दम्माम, ताइफ र कतिफमा दिउँसो ३ बजेदेखि बिहान ६ बजे सम्मका लागि कर्फ्यू लगाएको छ । हाम्राकुराबाट साभार



शनिबार २२, चैत २०७६ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.