अनुशासन समितिलाई पूर्णता, निर्वाचन समिति गठन

राजनिति

Yugnepal     961 पटक पढिएको    

अनुशासन समितिलाई पूर्णता, निर्वाचन समिति गठन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले रिक्त रहेको पदमा दुई जनाको नाम थप गर्दै अनुशासन समितिलाई पूर्णता दिएको हो । 

बैठकले पाँच सदस्यीय अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले सोमबार भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो ।
 
उक्त समितिमा सदस्य रहने गरी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नाम सिफारिश गर्न आग्रह गरेका थिए । नेता पौडेलले सिफारिश गरेका नामहरु केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्रा शर्माले जानकारी दिए ।
 
बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । प्रवक्रा शर्माका अनुसार समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती। सीताराम केसी र टेकराज पौडेल सदस्य रहेका छन् ।
 
बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेललाई सदस्यमा चयन गरिएको शर्माले बताए । 



मङ्गलबार ०५, चैत २०७५ ०६:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.