कोरोना भाइरसको संक्रमणपछि बच्ने संभावना कति एक अध्यन रिपोर्ट

Yugnepal     936 पटक पढिएको    

कोरोना भाइरसको संक्रमणपछि बच्ने संभावना कति एक अध्यन रिपोर्ट


संसारभरीमा कोरोना भाइरसद्धारा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । चीनबाट सुरु भएको यो भाइरसको सबैभन्दा ठुलो हटस्पोट ईरान, दक्षिण कोरिया र सबैभन्दा बढी इटली रहेको छ । यस भाइरसद्धारा मर्नेहरुमा वृद्धहरुको संख्या अत्याधिक रहेको जनाइएको छ । तर प्रश्न यो उठ्छ कि कोरोनाकै संक्रमण बाटै कति जनाको ज्यान गइरहेको छ रु तर कोरोना भाइरसबाट संक्रमित भइसकेपछि कसैको बच्ने वा ज्यान जाने भन्ने कुरा अलग अलग कारणमा निर्भर हुन्छ । यस कारणमा संक्रमित व्यक्तिको उमर, लिंग, उसको सामान्य स्वास्थ्य र उ जुन देशमा रहन्छ त्यहाँको स्वास्थ्य स्थितीमा निर्भर रहन्छ ।

मृत्यु दर निकाल्न कति मुस्किल छ 
कोरोना भाइरसबाट संक्रमण भइसकेपछि कतिको ज्यान जान सक्छ यो डाटा निकाल्न ज्यादै मुश्किल छ । यस्तो मामीलामा अक्सर भाइरसबाट संक्रमणको ज्यादातर मामिलामा स्वास्थ्य स्थिति कुन अवस्थामा पुगीसकेको छ भन्नेमा निर्भर रहन्छ । किनभने संक्रमित हुनेहरुको लक्षण एकदमै सामान्य हुन्छ जसको कारण पनि उक्त बिरामी डाक्टरसामु गईहाल्दैन । संसारभरमा अहिले कोरोना भाइरसद्धारा भएको मृत्युदर अलग अलग आइरहेको छ ।

इंपीरियल कलेजको शोध अनुसार, कोरोना भाइरसको अलग९अलग मृत्यु दर आउनुको कारण अलग९अलग देशको स्वास्थ्य स्थितीको सहजै जानकार भई नजÞरमा नआउनु र आउने खतराको बारे सचेत नहुनु हो ।यस्तो अवस्थामा संक्रमित हुने सबै व्यक्तिहरुको गणना हुदैँन र यसबाट जुन मृत्यु दर निक्लेर आउँछ त्यो सहि मृत्युदरको ज्यादा हुन आउँछ ।

संक्रमणकै दौरान मृत्यु
कुनै व्यक्ति संक्रमित भए पश्चात ऊ ठीक हुन या संक्रमणकै दौरान मृत्यु हुन समय लाग्दछ । अब अहिलेसम्म लक्षण समेत अगाडी नआएको कोही छ भने कम मृत्यु दर आकंलन गरीन्छ किनभने हाम्रो आकंलनमा मृत्यु हुनेको संख्या हुदैंन जसको अन्त्यमा यस भाइरसकै कारण मृत्यु हुन्छ । वैज्ञानिकहरुले सबै प्रश्न र सबुतका आधारहरुलाई एकत्रित गरी मृत्युदर निकाल्ने प्रयत्न गर्दछन् । उदाहरणको लागि वैज्ञानिकले एक फ्लाइटबाट आफ्नो देश फर्कने नागरीकहरुमा नजर राखि उनीहरुमध्ये बीरामी हुनेहरुबाट एक अनुपात निकाल्न सक्दछन् ।

वैज्ञानिकहरुले एक सानो समूहबाट, जस्तै फ्लाइटबाट फर्कनेहरुको समूहमा ध्यान केंद्रित गरी त्यसमा भएको भाइरसद्धारा संक्रमित हुन सक्ने हरुको अनुपात निकाल्दछन् । तर यस तवरको कोशिसले पाएको सबुतमा मामूली बदलाव पनि कोरोना भाइरससँग जोडिने ठुलो परिदृश्यलाई बदल्न ठुलो भुमिका निर्वाह गर्दछ । यदि चीनको कुनै प्रांतको मात्र आंकडा निकाल्ने हो भनें, जहां बाँकी चीनको भन्दा धेरै मृत्यु दर थियो । तब कोरोना भाइरसको मृत्युदर ज्यादै खराब देखिन्छ । यस्तोमा वैज्ञानिकहरुले मृत्यु दरको संभावित आंकड़ा दिन्छन् । तर यसबाट पनि सहि अकडा आउन कठिन छ किनभने यसमा मूख्य मृत्युदर पाइदैन ।

आम नागरीकलाई कति खतरा 
कोरोना भाइरसको कारण वृद्ध र पहिले देखि नै बिरामीको मृत्यु हुने खतरा ज्यादा हुन सक्छ । चीनको विश्लेषणमा कोरोना भाइरसको कारण वृद्धहरुको मृत्यु हुनेकोे दर मध्य तथा युवा उमेरको तुलनामा दश गुणा ज्यादा रहेको थियो । ३० वर्ष भन्दा कम उमेरका व्यक्तिमा भाइरसद्धारा मृत्यु हुनेको दर सबैभन्दा कम रहेको थियो । यस्तो ४५०० मामलामा केवल ८ व्यक्तिको मृत्यु भएको थियो । यस्तै पुरुषहरुको मृत्यु दर महिलाहरुको तुलनामा ज्यादा रहेको थियो । यी सब कारण एक अर्कामा मिलेर काम गर्दछन् । र हरेक भौगोलिक क्षेत्रमा हर प्रकारका व्यक्तिहरुलाई कति जोखिम छ, यसको बारे हाल सम्म कुनै ठोस जानकारी छैन ।

कति जोखिम छ रु
यदि चीन, यूरोप या अफ्रीकामा बस्ने कुनै ८० वर्षीय वृद्धलाई कोरोना भाइरसबाट हुने पिडाको अंदाज लगाउने हो भने चीनमा बस्ने ८० वर्षीय वृद्ध नागरिकलाई यस भाइरसको ज्यादा खतरा हुन सक्छ । यस्तै बिरामी व्यक्तिको मेडिकल हालत कस्तो छ, यसमा पनि कस्तो ट्रीटमेंट गर्ने भन्ने कुरा निर्भर गर्दछ । यसका साथै उक्त बिरामी व्यक्ति बीमारी फैलन सक्ने कुन स्तरमा कतिसम्म संक्रमित भएका छन् त्यसमा पनि निर्भर गर्दछ । यदि महामारी यसरी नै फैलीदै जाने हो भने स्वास्थ्य स्थिति लगातार आएका संक्रमणको बिचमै रुमल्लीन पुग्दछ ।
किनभने कुनै समयमा कुनै स्थानमा एक सीमित संख्यामा मात्रै भेटिंलेटर र आईसीयू उपलब्ध हुनसक्छ ।

यो फ्लु भन्दा ज्यादा खतरनाक छ
हामीले कोरोना भाइरसको मृत्यु दरको तुलना फ्लुसँग गर्न सक्दैनौ किनभने हल्का ज्वरोको लक्षण हुँदा आम नागरीक डाक्टर सामु पुग्दैनौं । यस्तो अवस्थामा हामीले हरेक वर्ष फ्लु र अन्य नयाँ भाइरसको कारण कति संक्रमित भए भन्ने डाटा निकाल्न सक्दैनौं । तर फ्लुको कारण आज पनि जाडोमा ब्रिटेनमा कैयौंको मृत्यु हुने गरेको छ । ‘‘विश्व स्वास्थ्य संगठनको तर्फबाट यहाँहरुलाई एक सामान्य सुझाव अनुसार हात धुइरहनुहोस्, खोक्दा र हाच्छिउ गर्दा मानिसहरुबाट टाढा रही आफ्नो नाक, आँखा र मुखलाई नछुइनेगरी गरी सासबाट हुने सबै भाइरसबाट आफुलाइ बचाउन सक्नुहुन्छ ।” एजेन्सीको सहयोगमा बैंकिङ खबरबाट साभार ।



बिहिबार १३, चैत २०७६ ०१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.