सुदूरपश्चिममा  कोरोना परीक्षण ल्याब स्थापना हुन्छ मन्त्री - सुवेदी

Yugnepal     885 पटक पढिएको    

सुदूरपश्चिममा  कोरोना परीक्षण ल्याब स्थापना हुन्छ मन्त्री - सुवेदी

धनगढी । सुदूरपश्चिमका आशंकित कोराना भाइरसका विमारीलाई लक्षित गरेर आउदो मंगलबारसम्ममा सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याब स्थापना हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार संघीय सरकारले आउदो मंगलबारसम्ममा धनगढीमा आशंकित कोरोना भाइरसका विमारीका नमूना परीक्षण गर्नका लागि ल्याब स्थापना गर्ने भएको हो ।
त्यसपछि आशंकित नमूना काठमाडौ पठाउनु पर्ने झंझटको अन्त्य हुने मन्त्री सुवदीले बताए । संघीय सरकारले सातैवटै प्रदेशमा कोरोना भाइरस हो होइन भन्ने छुट्याउनका लागि परीक्षण गर्ने ल्याब स्थापना गर्ने नीति अनुसार सेती प्रादेशिक अस्पतालमा ल्याब राख्न थालिएको उनले बताए ।
सोही नीति अनुसार हालै मात्र १ नम्बर प्रदेशको धरानमा कोरोना भाइरसको परीक्षण गर्ने गरेर ल्याब स्थापना गरिएको छ ।



बिहिबार १३, चैत २०७६ ०१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.