नो इन्भेष्टिगेसन सर्कुलरुपछि प्रचण्ड आश्वस्त, पक्राउ पर्ने सम्भावना न्यून

राजनिति

Yugnepal     840 पटक पढिएको    

नो इन्भेष्टिगेसन सर्कुलरुपछि प्रचण्ड आश्वस्त, पक्राउ पर्ने सम्भावना न्यून

नो इन्भेष्टिगेसन सर्कुलरुपछि प्रचण्ड आश्वस्त, पक्राउ पर्ने सम्भावना न्यून

काठमाडौं । दुई दिन अघि अमेरिका उडेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न भनिएको छ । 

जनयुद्ध पछि पक्राउ पर्ने डरले पटक पटक अमेरिका जान डराएका प्रचण्ड यस पटक भने निश्चिन्त भएर श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका गएका थिए । उनी गएकै दिन अमेरिकाको गुप्तचर संस्थामा उनी विरुद्ध उजुरी परेको थियो । उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी समेत भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ । 

यस्तो उजुरी परेपनि अमेरिकामा उनी पक्राउ पर्ने सम्भावना भने कम देखिएको छ । सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ । 

स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए । सोही वार्ता पछि प्रचण्डकालागि राजदूतावासले सो सर्कुलर जारी गरेको थियो । सोही सर्कुलर पछि मात्रै प्रचण्ड अमेरिका उडेका हुन् । 

सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो । 



मङ्गलबार ०५, चैत २०७५ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.