होसियार  यी पाँच दोषले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Yugnepal     1140 पटक पढिएको    

होसियार  यी पाँच दोषले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

होसियार  यी पाँच दोषले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती


वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१। घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२। घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।

३। सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४। घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।

५। घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

यो पनि पढ्नुस

ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्।

साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा पाउन सकिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।

१० सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु विशेष महत्व मानिन्छ। किनकी सूर्यास्त हुनेवित्तिकै प्रदोष काल सुरु हुने गर्दछ।

२० दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ। शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन्। त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।

यसरी गर्नुहोस् विशेष पुजा

शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।

शुद्ध जलमा गंगाजल र दूध मिलाएर शिव लिंगमा चढाउनुहोस्।

जल चढाउने समय ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्।

त्यसपछि भगवानलाई चन्दन चढाउनुहोस्।

बेलपत्र, धतुरो पनि शिव लिंगमा चढाउनुहोस्।

यसरी भगवानलाई पुजा सामाग्री चढाएपछि ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्।

त्यसपछि भगवानलाई मिठाइ चढाएर भक्तजनलाई बाढ्नुहोस्।



मङ्गलबार ०५, चैत २०७५ १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.