अमेरिकी डलरको भाउ सस्तियो, नेपाली रुपैयाँको क्रयशक्ति बढ्यो

अर्थ समाचार

Yugnepal     759 पटक पढिएको    

अमेरिकी डलरको भाउ सस्तियो, नेपाली रुपैयाँको क्रयशक्ति बढ्यो

अमेरिकी डलरको भाउ सस्तियो, नेपाली रुपैयाँको क्रयशक्ति बढ्यो
काठमान्डौं । मंगलबार अमेरिकी डलरको भाउ सस्तिएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १ सय ९ रुपैयाँ ३५ पैसा र विक्री दर १ सय ९ रुपैयाँ ९५ पैसा तोकेको छ । असोज यता नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट आइरहेको छ । यसले गर्दा नेपाली रुपैयाँ मजबुत हुँदै गएको छ ।

नेपाली बजारमा असोज २४ गते डलरको भाउ सार्वधिक महँगो १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको थियो। डलरको भाउ घट्नु भनेको नेपाली रुपैयाँ भन्दा डलर कमजोर भएको हो । डलर कमजोर हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको भुक्तानी कम हुन्छ । यसले गर्दा रेमिट्यान्समा कमि आउन सक्छ । तर अर्कोतर्फ मुलुकको आयातको भार कम पर्न जान्छ । नेपाली रुपैयाँको क्रयशक्ति बलियो हुने भएकाले मुद्रास्फीति कम भएर जान्छ । यसको अर्थ उपभोक्ता मूल्य कम भएर जानु हो ।

डलरको भाउ घट्दा विदेशबाट ऋण लिएर लगानी गर्न चाहनेहरुका लागि अवसर हुन्छ । एकमहिना अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन फेडलाई दबाब दिएपछि फेडले ब्याजदर नबढाउने भएको छ । त्यसैले गर्दा अमेरिकी डलरको माग अन्तर्राष्ट्रिय बजारमै घट्दै गएको हो । जसको असर डलरको मूल्यमा परिरहेको छ ।

तर नेपालमा भारतीय रुपैयाँसंग नेपाली रुपैयाँको स्थिर विनिमयदर छ । त्यसैले पनि भारतीय रुपैयाँ कुनैपनि बेला कमजोर बन्न गएमा नेपाली रुपैयाँ पनि कमजोर बन्न सक्छ ।

डलर कमजोर हुँदा पर्ने प्रभाव 
रेमिट्यान्स कम आउँछ । 
आयातमा गर्नुपर्ने भुक्तानी रकम कम हुन जाँदा व्यापार घाटा कम हुन्छ ।
पर्यटन क्षेत्रमा आम्दानी घटेर जान्छ ।
निर्यात व्यापारीको आम्दानी घट्छ। 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा कमहुन जान्छ । जसले उपभोग्य वस्तु्को मूल्य घटाउँछ । 
सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा सहज हुन्छ । बैंकिङ खबर 
विदेशमा पढन जाने विद्यार्थीलाई, औषधि उपचारमा जानेहरुलाई, विदेश भ्रमणमा जानेहरुलाई फाइदा पुग्छ ।



मङ्गलबार ०५, चैत २०७५ १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.