सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि - राष्ट्रपति भण्डारी

युग संवाददाता     1180 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि   - राष्ट्रपति भण्डारी

धनगढी फागुन १४ राष्ट्रपति विद्यादेवि भण्डारीले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताएकी छिन् ।

‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ बुधबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा भएको विश्व साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले भनिन् ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु ।’


उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन्  । उनले भनिन्– ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको शिरवृद्धि भएको छ ।’


उनले मानव जातीको अथक परिश्रमद्धारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन् ।
‘साहित्य समसामहिक समाजको ऐना समेत हो’ उनले भनिन् –‘साहित्य र समाजबिचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ ।’


उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम रहेको बताइन् । ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पुर्याउनुपर्दछ’ उनले भनिन् ।
उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् ।
‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पुर्याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।


उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने बताउ“दै ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ ।’
उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् ।


‘नेपाली भाषा, संगित, कला, साहित्य, रितिरिवाजका पक्षपोसकहरु विश्वभरी फैलिएर रहेका छन्’ उनले भनिन् ‘कला, संगित र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समुहलाई एकतामा बा“ध्न सहयोग पुर्याएको छ ।’


सम्मेलनमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधी सभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा सताव्धी पुरुष सत्यमोहना जोशी, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सताव्धी पुरुष सत्यमोहना जोशी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार मोधनाथ प्रसिद्ध, आरडी प्रभात चटौत, वद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, निर्माण व्यवसायी मदन कु“वरलाई सम्मान गरिएको थियो ।

 



बुधबार १४, फागुन २०७६ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.