छायाँ सरकारलाई भ्रष्टाचारका घटना उप्काउन निर्देशन

Yugnepal     619 पटक पढिएको    

छायाँ सरकारलाई भ्रष्टाचारका घटना उप्काउन निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने छायाँ सरकारका संयोजकलाई निर्देशन गरेको छ ।

 कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजकहरुको आइतबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

बैठकमा पछिल्लो समयमा सार्वजनिक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अडियो प्रकरण जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत र व्यक्तिगत अनियमितता तथा भ्रष्टाचारका घटना हुन सक्ने जनाउँदै बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकले चनाखो भएर अध्ययन गर्नुपर्ने विषयमा छलफल भएको उनले बताए।  

बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकहरुलाई मन्त्रालयसँग सम्बन्धित विधेयक र नीतिका बारेमा समेत अध्ययन गरी पार्टीको धारणा बनाउनुपर्ने बारेमा छलफल भएको  थियो ।



आइतबार ११, फागुन २०७६ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.