उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहितको उच्च स्तरीय टोली सुदूरपश्चिममा

Yugnepal     986 पटक पढिएको    

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहितको उच्च स्तरीय टोली सुदूरपश्चिममा

धनगढी, २३ माघ – सुदूरपश्चिमका औद्योगिक तथा वाणिज्य क्षेत्रको अवलोकनको लागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहितको उच्च स्तरीय टोली गर्न धनगढी पुगेको छ । यस क्षेत्रमा रहेका विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्रहरूको अवलोकन गर्न मन्त्रालयको सचिव स्तरीय टोलीले शुक्रवारबाट अध्ययन थाल्ने छ ।
 

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरू सँग कुराकानी गर्दै मन्त्री भट्टले कैलालीको हरैयामा रहेको विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको छेलामा रहेका औद्योगिक क्षेत्र, दोधारा चाँदनीमा रहेका सुख्खा बन्दरगाह लगायतका क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको बताए ।

’विशेष गरेर झलारीको छेला, दोधारा चाँदनीको सुख्खा बन्दरगाह को योजनालाई मुख्य रूपमा छिटो भन्दा छिटो कार्यान्वयन गर्न सकिने गरी अध्ययन भइरहेको उनले बताए । साथै मन्त्री भट्टले कैलालीका हरैया आर्थिक क्षेत्र र डुडेझारी औद्योगिक क्षेत्रको पनि अध्ययन भइरहेकाले चाडै रिपोट सार्वजनिक गरिने बताए । उनले गेटा–धनगढी रोडमा पनि औद्योगिक कोरिडोरको कामलाई अगाडि बढाइने बताए । गेटा धनगढी कोरिडोरमा पनि धेरै उद्योगहरू खोलिएका बताउँदै उहाँले काम अगाडी बढेको दाबी गरे ।

गेटा मेडिकल कलेजको सञ्चालन विधिका बारेमा समेत छलफल भइरहेको उनले बताए । यस क्षेत्रका जनताको आवश्यकता बमोजिम मेडिकल कलेजलाई स्वायत्त प्रतिष्ठानको रूपमा अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले भ्रमणका क्रममा यस क्षेत्रको औद्योगिक क्षेत्रको विकासका लागि यस क्षेत्रका उद्योग व्यवसायी, स्थानीय निकायका जनप्रतिनिधि सबै सँग छलफल र अन्तरक्रिया गर्ने र त्यसको निचोड अनुसार नै अगाडी बढ्ने बताए ।



बिहिबार २३, माघ २०७६ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.