सीके राउतले खोले जनमत पार्टी

राजनिति

Yugnepal     2688 पटक पढिएको    

सीके राउतले खोले जनमत पार्टी

 

काठमाडौं । डा  सीके राउतको नेतृत्वमा जनमत पार्टीु गठन भएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति गठन भएको प्रेस विज्ञप्ति मार्फत राउतले जनाएका छन् । स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं ७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक केन्द्रीय भेला विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा सो निर्णय गरिएको हो ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा भएको ११(बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ। परिषद्ले पार्टीको नाम “जनमत पार्टी” राख्ने, झण्डामा क्रमशस् रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का ९स्ट्रीप० बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।

केन्द्रिय भेलाले पार्टीको लागि ३५(सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ । निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गर्ने बताइएको छ । केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राउतलाई दिएको छ।

३५(सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा। सिके राउत राष्ट्रिय अध्यक्ष रहेका छन् । केन्द्रिय सदस्यहरुमा कैलाश महतो ९महोत्तरी०, राज कुमार यादव ९सिरहा०, अब्दुल खान ९बर्दिया०, चन्दन सिंह ९महोत्तरी०, बबिता ईसर ९सप्तरी०, कौशिला महतो ९झापा०, परमेश्वर मुर्मु ९मोरंग०, सीताराम पंडित ९सुन्सरी०, सुरेन्द्र शर्मा ९सप्तरी०, सतिला यादव ९सिरहा०, इन्द्रजीत यादव ९धनुषा० रहेका छन् ।

साथै केन्द्रिय सदस्यहरुमा संजय यादव ९महोत्तरी०, नरेश कुशवाहा ९सर्लाही०, वीरेन्द्र साह ९रौतहट०, दिनेश यादव ९बारा०, संजय साह ९पर्सा०, ध्रुव गौड ९नवलपरासी०, भोपेन्द्र यादव ९रुपन्देही०, हकिकुल्ला खान ९कपिलवस्तु०, राधा यादव ९दाङ०, इरफान अहमद शेष ९बाँके०, महेन्द्र प्रसाद चौधरी ९कैलाली०, दुर्गा चौहान ९नवलपरासी० र आशा मेहता ९सुन्सरी० रहेका छन्।

 बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी राउतलाई दिएको छ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५र११र२४ गते भएको ११(बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३(सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।

त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिएको छ।



सोमबार ०४, चैत २०७५ ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.