प्रदेश सरकारको विकास बजेट खर्च १० प्रतिशत सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको

युग संवाददाता     888 पटक पढिएको    

प्रदेश सरकारको  विकास बजेट खर्च १० प्रतिशत सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको

धनगढी पुस ४ सुदूरपश्चिम प्रदेश सरकारले  चालु आर्थिक वर्ष २०७६÷२०७७ पुस  मसान्त सम्म  १० प्रतिशत पुँजिगत विकास बजेट खर्च गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षका लागी  चालु र पुँजिगत गरी कुल बजेट  रु २८ अर्व १६ करोड बजेट विनियोजन गरेकोमा पुँजिगत तर्फ अहिले सम्म १ अर्व ३४ करोड ५२ लाख खर्च भएको  शनिवार आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रदेश सरकारले खर्च गरेको विकास बजेट  पुँजिगत बजेटको १० दशमलव ३ प्रतिशत खर्च गरेको छ ।  प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलमा पत्रकारलाई प्रदेश सरकारको खर्च र प्रगती विवणका बारेमा  जानकारी दिएको हो  ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत बर्षको तुलनामा चालु आर्थिक वर्षको खर्च प्रगती सन्तोषजनक रहेको बताएका छन् । उनका अनुसार गत वष १ दशमलव ४१ प्रतिशत मात्रै पुँजिगत बजेट खर्च भएको जानकारी दिए ।

‘सुदूरपश्चिम प्रदेश सरकारका विकासका  योजनाहरु कार्यान्वयनका चरणमा रहेकाले भौतिक प्रगती बढी छ । भने भुक्तानी दिन प्राविधीक समस्या रहेकाले विक्तिय प्रगती कम देखीयको आर्थिक मामिला तथा योजना मन्त्री झपड बहादुर बोहराले बताए । उनले भने  तथ्याङकमा खर्च कम देखिएको छ ।  तर सरकारले  भौतिक प्रगति भने ३० प्रतिशत भन्दा बढि नै गरेको छ ।  गत वर्षमा खर्च हुन  बाँकी ९० प्रतिशत खर्च पनि चालु आर्थिक वर्ष भित्रै नै गर्ने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्री झपड बहादुर बोहराले बताए ।  

सुदूरपश्चिम प्रदेश सरकारका  मातहत रहेका कार्यालयहरुमा सबैभन्दा वढी खर्च  प्रदेश सभा सचिवालयले गरेको छ । जुन  २० प्रतिशत पूँजिगत बजेट खर्च गरेको हो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पुँजिगत खर्च सबैभन्दा कम छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुन्य दशमलव ३० प्रतिशत पुँजिगत बजेट खर्च  गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको २ दशमलव ४९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ दशमलव ६२ प्रतिशत, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६ दशमलव ४९ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयको ६ दशमलव २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ दशमलव ७१ प्रतिशत र सामाजिक विकास मन्त्रालयको ४ दशमलव ९९ प्रतिशत पुँजिगत बजेट खर्च  मन्त्रालयहरुले गरेको छन् ।  

 



शनिबार ०४, माघ २०७६ १२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.