बझाङ्गका बादी समुदाय ऋृण मुक्त

Yugnepal     2179 पटक पढिएको    

बझाङ्गका  बादी समुदाय ऋृण मुक्त


बझाङ्गको जयपृथ्वी नगरपालिका वाड न १० को चैनपुरका स्थायी बासीन्दाका रुपमा बस्दै आएका  १५ जना  घरपरिवार ऋृण मुक्त भएका छन ।   जयपृथ्वी नगरपालिकाले  बादी समुदायको  ८ लाख ३२ हजार ४ सय रुपिया  तिरि दिंदा उक्त समुदाय ऋृण मुक्त भएका हुन ।
 झन्डै १० बर्ष अगाडी नगरपालिकाको  वाड न १० मा बस्ने  लछमी सुनार बाट रु  २ लाख ६७ हजार ७ सय रुपियाँ व्याजमा  लिएका  थिए  ।
बादी समुदायका परिवारले चाँडबाड उपचारका  क्रममा ऋृण लिएर घर खर्च लाउँदै आएका  थिए ।
बादी समुदाय ब्याजको मारमा परे पछि  रकम फिर्ता गर्न नसकेको जुनतारा बादीले बताईन ।  अध्यक्ष बिष्टले आ व ०७६/०७७को बजेट बिनियोजन गरी जिल्लाका रहेका  वादी समुदायलाइ  नगरपालिकाले आर्थिक सहयोग गरी ऋृण मुक्त गराएको अध्यक्ष दल बहादुर  बिष्टले बताए ।
 जयपृथ्वी नगरपालिका बझाङ्ले ८ लाख ३२ हजार ४ सय रुपिया  आर्थिक सहयोग गरेर वादी समुदाय ऋृण मुक्त भएका हुन । बिहीवार नगरपालिकाले  एक कार्यक्रमका बिच नगर प्रमुख बिरेन्द ब खडका प्रमुखजिल्ला अधिकारी उमेश कुमार पाण्डेयले उक्त रकम हस्तान्तरण गरेका हुन ।

 साहुबाट लिएको रकम फिर्ता गर्न समस्या रहको बेला नगरपालिकाले आर्थिक सहयोग गरेकोमा खुसी भएको बताउदै सरकारको अनुभूति भएको जुनतारा बादीले बताईन ।

 

 



बिहिबार ०२, माघ २०७६ ०८:१५ मा प्रकाशित

#yugnepal

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.