पहाडी समुदायमा माघे संक्रान्तिको उल्लास, थारु बस्तीमा माघीको रौनक

Yugnepal     1370 पटक पढिएको    

पहाडी समुदायमा माघे संक्रान्तिको उल्लास, थारु बस्तीमा माघीको रौनक

आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइँदैछ। हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ। विभिन्न समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन्। माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ।

आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ। माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशास्त्रमा उल्लेख छ। माघे सक्रान्तीकै लागि सुदूरपश्चिम सरकारले प्रदेशभरी आज सार्वजनि विदा दिएको छ।

उता कैलालीको गोदावरी धाममा मकर मेला सुरु भएको छ। सुदूपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले एक कार्यक्रमकाबिच मकर मेलाको उद्घघाटन गरे। १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ परायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने गोदावरी धामका अध्यक्ष पदमराज जोशीले बताए।

मेला अवधिभर चार लाख दर्शनार्थिले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए। मकर मेला र भ्रमण बर्ष २०२० लाई लक्षित गरी कैलालीको अत्तरियादेखि गोदावरी धामसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।

यस्तै थारु समुदायमा माघीलाई नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासका साथ मनाईरहेका छन। माघी पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ भने चेलीबेटीहरु माइती घर पुगेका छन्।

माघीकै अवसरमा कैलाली कञ्चनपुरका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सवको आयोजना भईरहेका छन्। तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन रहेको छ।

माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँड लगायतका परिकार खाने र खुवाउने गरिन्छ।
दिनेश खबर बाट साभार



बुधबार ०१, माघ २०७६ ०१:१६ मा प्रकाशित

#yugnepal

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.