माघीको अवसरमा फुटवल प्रतियोगिता सुरु

Yugnepal     785 पटक पढिएको    

माघीको अवसरमा फुटवल प्रतियोगिता सुरु


धनगढी,२१ पुस
थारुजातीहरुको नयाँ बर्ष माघीको अवसरमा धनगढी उप–महानगरपालिका वडा नं ७ मा हरेक गोल लिपुलेक र कालापानी हाम्रो हो भन्ने नाराका साथ फुटवल प्रतियोगिता सुरु भएको छ ।
देवरीया समुदायीक बन उपभोक्ता समुहको आयोजनाका सञ्चालीत फुटवल प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरेकी हुन । फुटवल प्रतियोगिताको उद्घाटन गर्दै उप–प्रमुख भट्टले समाज र राष्ट्रका साथै स्वास्थ्यका एक अर्को प्रसंगमा उप–प्रमुख भट्टले सिकलसेल ऐनिमीयाबाट थारु समुदाय सबैभन्दा बढी पिडित रहेको बताईन । त्यसैले
आर्थिक बर्ष २०७५÷०७६मा धनगढी उप–महानगरले दुईवटा स्थानमा शिविर राखेर सिकलसेलको निशुल्क परिक्षणको ब्यबस्था गरेको बताउदै उप–प्रमुख भट्टले भनिन्, चालु आर्थिक बर्षमा पनि चेकजाँच, परामर्श र उपचारका कार्यक्रम राखेका छौं ।
धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले फुटवल खेलको सफलताको शुभकामना दिए । हिजोका दिनमा हामी संग खेल मैदान थिएन अध्यक्ष रानाले भने, गत बर्ष बजेटको ब्यबस्था गरेर खेल मैदान निर्माण गरेका छौं अव फुटबल खेललाई क्यालेन्डर तयार गरेर खेलाईन्छ ।
देवरीया सामुदायीक बनका पूर्व अध्यक्ष देबबहादुर सेठीले खेलाडी खेल र खेलाडीहरु संग परिवारको मात्रै नभएर राज्यको समेत नाम जोडिने भएकाले अनुशासनका बिच खेल खेल्न सुझाए ।

 



सोमबार २१, पुष २०७६ ०५:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.