जाली गाँउमा माघी महोत्सव हुने

Yugnepal     1264 पटक पढिएको    

जाली गाँउमा  माघी महोत्सव  हुने


धनगढी -  धनगढी उप–महानगरपालिकाको– ६ जाली गाँउमा  माघी महोत्सव  हुने भएको छ  । उक्त मेलामा  फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने  आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
जाली गाउँमा माघी मेला प्रत्येक वर्ष आयोजना हुने गरेको भएपनि यस वर्ष भने महोत्सव नै आयोजना गर्न लागिएको आयोजक न्यु उपदेश युवा क्लबले आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको  हो ।

महोत्सवको उद्धघाटन पुष २९ गते हुने आयोजक न्यु उपदेश युवा क्लबका अध्यक्ष श्रवण देउवाले बताए। माघ तीन गतेसम्म संञ्चालन हुने महोत्सवको पहिलो दिन पुष २९ गते पेनाल्टी सुटआउट हुने उनले बताए।

प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार पाउने छ भने दोस्रो हुनेले २५ हजार पाउने आयोजकले जनाएको छ। यो संगै महोत्सव अवधिभर भलमन्सा र चौकिदार छनौट गरिने भएको छ।

 



सोमबार २१, पुष २०७६ ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal