फोटोग्राफर एसोसिएसनको छैठौ जिल्ला अधिवेशन सम्पन्न

Yugnepal     1152 पटक पढिएको    

फोटोग्राफर एसोसिएसनको छैठौ  जिल्ला अधिवेशन सम्पन्न

नेपाल फोटोग्राफर एसोशियसन कैलालीले छैठौ जिल्ला अधिवेशन  टिकारपुरमा सम्पन्न गरेको छ ।
कार्यक्रमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सांसद उमा देवी वादी रहेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी, टिकापुर नगरपालिकाकी उपमेयर केशरी बिष्टले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा फोटोग्रफी क्षेत्रमा २५ वर्षसम्म निरन्तता दिएका कन्काई फोटो स्टुडियो बौनियाका सञ्चालक मात्रिकाप्रसाद नेपाल र विशाल फोटो स्टुडियो बौनियाका श्याम भट्टलाई प्रशंशा पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य टोप प्रसाद विकले गरेको थिए भने कार्यक्रमको सञ्चालन विर बहादुर महराले गरेका थिए ।
अधिवेशनबाट धनगढीका भुपेन्द्र बोहरा सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्यसै गरी प्रथम उपाध्यक्ष टोप प्रकाश वि।क, द्विउपाध्यक्षमा दिपक कढाएत, महासचिवमा धुव्र सपकोटा, सचिवमा राजु पुन मगर, कोषाध्यक्षमा खुसीराम चोधरी, सहकोषध्यक्षमा सोमराज घिमिरे, सदस्यमा संदुराम चौधरी, उत्तम थापा, शुशिल चौधरी, विरेन्द्र भण्डारी, मित्रलाल पौडेल, कन्हैया चौधरी सर्वसम्मत चयन भएका छन् ।



शनिबार १९, पुष २०७६ ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal