संघद्धारा सागमा पदक बिजेताहरुलाई सम्मान

Yugnepal     1220 पटक पढिएको    

संघद्धारा सागमा पदक बिजेताहरुलाई सम्मान

अत्तरिया उधोग वाणिज्य संघले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता ९साग० मा पदक जितेका खेलाडीहरुलाई सम्मान गरेको छ । उधोग वाणिज्य संघले आफ्नै सभाहलमा आज आयोजना गरेको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण र कास्य पदक जित्न सफल कञ्चनपुरका दुई जना खेलाडीलाई सम्मान गरेको हो ।

सागमा तेक्वान्दो खेल तर्फ कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नं। ९ बस्ने विर बहादुर महराले स्वर्ण र सोहि वडाका मनोज मल्लले कास्य पदक जितेका थिए । सागमा सुदूरपश्चिमको नाम राख्दै स्वर्ण र कास्य पदक जितेको खुसीमा दुवै जनालाई बधाई दिदै उधोग बाणिज्य संघले सम्मान पत्र सहित सम्मानित गरेको हो । उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष बसन्त रोकाय ललितले पदक बिजेता खेलाडीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै अत्तरिया उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाय ललितले यो जित दुई जनाको मात्र नभई समर्ग सुदूरपश्चिमको भएको बताए । उनले केन्द्रको नजरमा सधैब पछाडी परेको सुदूरपश्चिम प्रदेशले पनि यस्ता होनाहार खेलाडीहरु उत्पादन गरेर देशकै शिर उच्च बनाएको बताए ।

उनले कञ्चनपुरको विकट ठाँउवाट गएर देशको गरिमा बढाउने काममा महत्वपुर्ण योगदान पुञ्याउने खेलाडी हामी सबैका गहना भएको बताए । उनले पदक जितेपछि खेलाडीहरु संग खुसी साटासाट गर्दै उनीहरुको बाकिँ खेल जिवनमा थप उर्जा हौसला प्रदान गर्नका लागि उधोग वाणिज्य संघका तर्फवाट सम्मान गरिएको बताए ।

अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल कडायतले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन उधोग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले गरेका थिए ।



बुधबार ०२, पुष २०७६ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.