सुदूरपश्चिम महोत्सव एक दिनका लागि स्थगीत

Yugnepal     1023 पटक पढिएको    

सुदूरपश्चिम महोत्सव   एक दिनका लागि स्थगीत

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवका सम्पूर्ण कार्यक्रम एक दिनका लागि स्थगीत गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले आज विज्ञप्ती जारी गर्दै महोत्सवका सम्पूर्ण कार्यक्रम आजका लागि स्थगीत गरिएको जानकारी दिएको हो।

आज विहान बर्षासंगै आएको हावाहुरीका कारण महोत्सवका कार्यक्रम सञ्चालन गर्न समस्या भएकोले एक दिनका लागि सबै कार्यक्रम स्थगीत गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तीमा भनिएको छ। भोलीदेखि महोत्सवमा पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने जारी विज्ञप्तीमा भनिएको छ।



शुक्रबार २७, मङि्सर २०७६ १२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal